स्थानीय सरकार

आवश्यक परे १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा लिनुहोस् : मेयर शाह


काठमाडौंः काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले डेंगुका बिरामीले आवश्यक पर्दा १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन सक्ने बताए।

मेयर शाहले डेंगु फैलिरहेको अवस्थामा त्यसको रोकथाम र नियन्त्रणका लागि अत्याधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको जानकारी दिँदै त्यसका लागि महानगरपालिकाले आवश्यक कदम उठाएको बताए।

शाहले संक्रमितहरूका लागि शुक्रबारदेखि २४ घण्टे हटलाइन सुरु गरेको जानकारी गराएका छन्। उनले संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरूबाट नै परामर्श पाउन सक्ने व्यवस्था पनि गरेका छन्।

योसँगै डेङ्गु विरुद्धमा सामुदायिक रूपमा नै सक्रिय भएर लाग्न मेयर शाहले नगरवासीहरूलाई अपिलसमेत गरेका छन्।

मेयर शाहले पहिलेदेखि भइरहेका रोकथामका कार्यक्रमहरूलाई थप विस्तार गर्दै नयाँ कार्यक्रमहरू पनि ल्याएर स्रोत तथा जनशक्तिको अधिकतम प्रयोग गर्ने पनि बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

दशैं बिदाको अवधिभर काठमाडौं महानगरले निःशुल्क एम्बुलेन्स सेवा दिने

महानगरले एक सूचना प्रकाशित गरी एम्बुलेन्स सेवाका लागि १०२ तथा डेङ्गु समस्याबारे जानकारी लिन ११८० मा फोन गरेर सेवा लिन सकिने जनाएको छ। यसैगरी महानगरले....

महानगरको टोल फ्रिमा गुनासो– ‘खसीको भनेर बाख्राको मासु बेच्यो, कारबाही गरिपाऊँ’

हटलाइनमा आएका गुनासोलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न विराटनगर महानगरका प्रमुख कोइराला शुक्रबार बिहानैदेखि नगर क्षेत्रमा रहेका माछा–मासु पसलको अनुगमन गर्नुभएको थियो। अनुगमनका क्रममा विभिन्न मासु पसलले....

बञ्चरेडाँडाको विकल्पमा काठमाडौंको कुहिने फोहोर फाल्न तीन स्थान पहिचान

बञ्चरेडाँडामा हानिकारक फोहर व्यवस्थापन नगर्ने योजनाअनुरूप महानगरले यस किसिमको अभ्यास सुरु गरेको हो। महानगर प्रमुखको सचिवालयका सदस्य सुनिल लम्सालले भने, “उपत्यकामा तीन स्थानको पहिचान भएको....

बुटवलमा खुलारूपमा सडकमा दूध बेच्न रोक

दुग्धजन्य पदार्थलाई व्यवस्थित तथा स्वस्थकर बनाउनका लागि दूध र दूग्धजन्य पदार्थको गुणस्तर परीक्षणका लागि ल्याब किड्स मेसिनसहितको ल्याब स्थापना गर्ने निर्णय बैठकले गरेको अर्यालले बताइन्।....

चाडपर्वको नाममा फुटपाथ व्यवसायीमाथि लचिलो नहुने मेयर बालेनको घोषणा

'यो कार्यक्रम (फुटपाथबाट पसल हटाउने) पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौँ। अन्त्यमा, शहरी सुशासन र....