पारासिटामोलमा पैसाको खेल: बिरामी मरे मरून् भन्दैछ औषधि उत्पादक संघ, संकटको बेला घुर्क्याउन नहुने स्वास्थ्यमन्त्रीको तर्क

पारासिटामोलमा पैसाको खेल: बिरामी मरे मरून् भन्दैछ औषधि उत्पादक संघ, संकटको बेला घुर्क्याउन नहुने स्वास्थ्यमन्त्रीको तर्क

बिहिबार उकेराकर्मी पुरानो बानेश्वर चोकबाट ॐ कारेश्वर मन्दिसम्मका आठ वटा फार्मेसी चहार्दा अधिकांशले पारासिटामोल नै सकिएको बताए। केहीले भने आपतै परेकालाई दिनका लागि भन्दै ८-१० फाइल मात्रै सञ्चित गरेको बताए।

पुरानो बानेश्वरस्थित ‘सेभेन टु सेभेन फार्मेसी’ले केही दिनदेखि सिटामोल अभाव भएको भन्दै आपतै परेकालाई मात्रै बढीमा एक फाइल (दश चक्की) दिएको जानकारी दियो। कारेश्वर मन्दिरछेउका फार्मेसीले केही दिनयता पारासिटामोल सकिएको जानकारी दिए।

यता डेंगु संक्रमण उग्र हुँदै गएको छ। यही बेला नेपाली औषधि उत्पादक कम्पनीले पारासिटामोलको अभाव अझै हुने भन्दै आइरहेका छन्। उनीहरूले उत्पादन नै बन्द गर्ने भन्दै सरकारलाई घुर्क्याइरहेका छन्।

तर, नेपाली औषधि उत्पादकहरूले पारासिटामोलको उत्पादन बन्द गरे अन्य औषधिको पनि उत्पादन बन्द गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री भावानीप्रसाद खापुङले बताए। ‘उत्पादन नै बन्द गर्न त हुँदैन’, उकेरासँग कुरा गर्दै मन्त्री खापुङले भने, ‘उत्पादन नै बन्द गर्ने हो भने त उहाँहरू (औषधि उत्पादक)ले सारा औषधि नै बन्द गर्नु पर्यो नि त!’

पारासिटामोल उत्पादनमा घाटा लागेको विषयमा आफू पनि जानकार भएको तर डेंगुको प्रकोप बढिरहेको बेलामा उत्पादन रोक्ने तथा घटाउने काम गर्न नहुने खापुङले बताए। 'क्राइसिस परेको बेला प्राइभेट कम्पनीहरूले पनि यसो गर्छु उसो गर्छु भन्न कहाँ पाइन्छ र?', उनले भने।

पारासिटामोल अत्यावश्यक औषधिको सूचीमा पर्छ। तर, घाटा लागिरहेको भन्दै उत्पादकहरूले उत्पादन नै कम गरेका छन्। एउटै समस्या देखाएर बारम्बार अत्यावश्यक औषधिको कृत्रिम अभाव गरिँदा सरकार भने गम्भीर छैन।

मन्त्री खापुङ पारासिटामोल उत्पादन नगर्ने भनेर उत्पादक कम्पनीले कानून मिच्न नपाइने तर्क गर्छन्।

अत्यावश्यक औषधि नै उत्पादन नगरेको अवस्थामा मन्त्रालय र मन्त्रीले कस्तो कदम चाल्नछन्? भन्ने जिज्ञासामा स्वास्थ्यमन्त्री खापुङले भने, ‘मन्त्रालयले, मन्त्रीले त के गर्नु र! कानून के छ त्यहीअनुसार गर्ने न हो। कानून मिच्न पाइँदैन। उत्पादन नै बन्द गर्न त हुँदैन।’

पारासिटामोल उत्पादनमा घाटा लागेको विषयमा आफू पनि जानकार भएको तर डेंगुको प्रकोप बढिरहेको बेलामा उत्पादन रोक्ने तथा घटाउने काम गर्न नहुने खापुङले बताए। 'क्राइसिस परेको बेला प्राइभेट कम्पनीहरूले पनि यसो गर्छु उसो गर्छु भन्न कहाँ पाइन्छ र?', उनले भने।

सहज परिस्थितिमा आफ्ना मागहरू राख्नुपर्ने र यथार्थ स्थिति बुझेर अगाडि बढ्नुपर्ने उनको तर्क छ। 

औषधि उत्पादक कम्पनीहरू आफूहरूले हाल उत्पादन बन्द नगरिसकेको बताउँछन्। तर, बजारमा देखिएको अभावले भने अर्कै तथ्य दिन्छ। उनीहरूले केवल देखाउनका लागि मात्रै न्यून मात्रामा पारासिटामोल उत्पादन गरिरहेको ठम्याउन सकिन्छ।

मन्त्री खापुङ सरकारी अस्पतालमा अभाव नभए पनि बाहिर बजार (औषधि पसल) मा भने पारासिटामोलको अभाव भएको खबर पाएको स्वीकार्छन्। उनले औषधि व्यवस्था विभागसँग समेत सम्पर्क गरेर पारासिटामोलको अभावको समस्या सामाधानका लागि व्यवस्थापन गर्न निर्देशन दिइसकेको पनि बताए। 

विभागका सूचना अधिकारी डा. सन्तोष केसी पारासिटामोलको अभावको उत्पादन र सन्तुलन मिलाउन नेपाली औषधि उत्पादक कम्पनीलाई भनिरहेको बताउँछन्।

तर नियमनको जिम्मेवारी पाएको औषधि व्यवस्था विभागले आग्रह गर्नेबाहेक ठोस कदम चालेको देखिँदैन।

औषधि उत्पादक कम्पनीहरू आफूहरूले हाल उत्पादन बन्द नगरिसकेको बताउँछन्। तर, बजारमा देखिएको अभावले भने अर्कै तथ्य दिन्छ। उनीहरूले केवल देखाउनका लागि मात्रै न्यून मात्रामा पारासिटामोल उत्पादन गरिरहेको ठम्याउन सकिन्छ।

यसघि कोरोना भाइरस संक्रमणले उग्र रूप लिइरहेको अवस्थामा पनि नेपाली औषधि उत्पादकले पर्याप्त पारासिटामोलको उत्पादन नगर्दा अभाव निम्तिएको थियो।

उत्पादक भन्छन्,–पारासिटामोल नपाएर बिरामी मर्छन् भने त के गर्न सकिन्छ?
नेपाल औषधि उत्पादक संघ (एप्पोन) का उपाध्यक्ष सन्तोष बरालले सरकारले पारासिटामोलको मूल्य समायोजन नगरे बिरामीले औषधि नै नपाउने अवस्था आउनसक्ने बताए।

नेपाली औषधि उत्पादक कम्पनीहरू संकटको बेला मात्र पारासिटामोल अभाव गराउँदै सरकारलाई घुर्क्याउँदै आएका छन्।

घाटा खाएर पारासिटामोलको उत्पादन सम्भव नहुने बताउँदै बरालले भने,  'सरकारले मूल्य बढाइदिएन भने जनताले पाउँदैनन्। बिरामी मर्छन् भने त हामी पनि के गर्न सक्छौं हो अब त।’

यद्यपि, पारासिटामोलको अभाव हुनुमा उत्पादकको हात नभएको उनको दावी छ।

बरालका अनुसार ११ वर्षदेखि बजारको मागभन्दा करिब ५० प्रतिशत कम पारासिटामोल मात्र उत्पादन भइरहेको छ। मूल्य समायोजन नभए यसभन्दा पनि कम उत्पादन हुनथाल्ने बरालले बताए।

अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार मूल्य समायोजन नहुँदा पारासिटामोलको उत्पादन लागत नै नउठेको औषधि उत्पादकले बताउँदै आएका छन्।

तर, नेपाली औषधि उत्पादक कम्पनीहरू संकटको बेला मात्र पारासिटामोल अभाव गराउँदै सरकारलाई घुर्क्याउँदै आएका छन्।

यसअघि उपाध्यक्ष बरालले उकेरासँगको कुराकानीमा सरकारले मूल्य समायोजन नगरे पारासिटामोलको उत्पादन नै बन्द गर्ने अवस्थामा पुगिसेको बताएका थिए। 

नेपालमा एक चक्की सिटामोल एक रुपैयाँभन्दा बढीमा बेच्न पाइँदैन।

३१ भदौ, २०७९, १०:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।