डेङ्गु सङ्क्रमित भए के गर्ने ? काठमाडौं महानगरको २४ घण्टे हटलाइन ११८० मा सम्पर्क गर्ने

डेङ्गु सङ्क्रमित भए के गर्ने ? काठमाडौं महानगरको २४ घण्टे हटलाइन ११८० मा सम्पर्क गर्ने

काठमाडौं: काठमाडौं महानगरपालिकाले डेङ्गु सङ्क्रमितहरूका लागि हिजोबाट २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ। महानगरका मेयर बालेन्द्र शाहले हिजो सामाजिक सञ्जालमार्फत हटलाइन सेवा सुरु भएको जानकारी गराएका हुन्।

अब कसैलाई डेङ्गु सङ्क्रमण भएमा वा भएको शंका लागेमा हटलाइन नम्बर ११८० मा सम्पर्क गरेर स्वास्थ्यकर्मीहरूबाट नै परामर्श लिन सकिनेछ। यस्तै त्यस्तै आवश्यक भएमा १०२ मा फोन सम्पर्क गरेर महानगरको निःशुल्क एम्बुलेन्स सेवा पनि लिन सकिने मेयर बालेन्द्रले बताएका छन्।

उनले डेङ्गुविरुद्ध टोल-टोल वा समुदायस्तरमा नै सक्रिय भएर लाग्न पनि अपिल गरेका छन्।

३१ भदौ, २०७९, ०९:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।