एकै दिन ४० भन्दा बढी अवैध संरचनामा महानगरको डोजर

एकै दिन ४० भन्दा बढी अवैध संरचनामा महानगरको डोजर

काठमाडौंः काठमाडौं महानगरपालिकाले सोमबार एकैदिन ४० बढी अवैध संरचना भत्काएको छ।

सोमबार महानगर र तारकेश्वर नगरपालिकाको सिमानामा पर्ने गुम्बा भन्ने स्थानमा रहेको खोलालाई मिचेर बनाइएका केही टहरा र २० सटर भत्काइएको छ।

त्यसैगरी सडक मिचेर निर्माण गरिएका पर्खाललाई पनि डोजर लगाएर भत्काएको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

त्यस्तै, माछापोखरी चोकमा फुटपाथ प्रयोग गरी निर्माण गरिएको फलामको भर्याङ र खुसिबुँमा पनि अवैध रूपमा निर्माण गरिएको छ टहरा भत्काइएको प्रमुख पाण्डेले जानकारी दिए।

हाल बेसमेन्ट र अन्डरग्राउन्ड पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ वटा भवन रहेको कामपाले जनाएको छ। ती सबैलाई कानुनी दायरामा ल्याउने कामपाको तयारी हो।

कामपाले यही भदौ ६ गतेदेखि अवैध रुपमा निर्माण भएका र निर्माण भएअनुरुप प्रयोजन नभएका संरचना भत्काउन थालेसँगै अन्य स्थानीय तहले पनि यसलाई अनुसरण गर्न थालेका छन्।

२७ भदौ, २०७९, २१:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।