डा. राजिवको उपचार अनुभव : आमालाई ट्युमर भएको चाल पाएर बालिकाले आत्महत्या प्रयास गरेको सुन्दा मन भत्भत् पोलीरह्यो

डा. राजिवको उपचार अनुभव : आमालाई ट्युमर भएको चाल पाएर बालिकाले आत्महत्या प्रयास गरेको सुन्दा मन भत्भत् पोलीरह्यो
तस्बिरः कृष्पा श्रेष्ठ

न्यूरो सर्जन प्रा.डा. राजिव झाले करिब १७ हजार भन्दा बढी विरामीको शल्यक्रिया गरिसकेका छन्। जसमध्ये न्यूरो सर्जन भएपछि मात्रै उनले करिब १२ हजार विरामीको शल्यक्रिया गरे।

शल्यक्रिया गरेकामध्ये केही विरामीलाई भने कहिल्यै भुल्दैनन् डा. राजिव। जसमध्ये ३५ वर्षकी महिलाको मस्तिस्कघातको शल्यक्रियाको प्रसङ्ग सुनाए उनले।

केही दिनअघिको मात्रै प्रसंग हो। करिब ३५ वर्षकी महिला वीर अस्पताल भर्ना भइन्। महिलाको मस्तिस्कमा ट्युमर थियो। शल्यक्रिया गरेर ट्युमर निकाल्नु पर्ने भयो।

महिलाको मस्तिस्कमा भएको ट्युमरको शल्यक्रियाको तयारी गरियो। शल्यक्रिया गर्नुपूर्व डाक्टरको टीमले महिलाको परिवारसँग कुरा गर्यो।

कुराकानीको क्रममा थाहा भयो, ‘मस्तिस्कमा ट्युमर भएकी ती महिलाका श्रीमान् केही महिनाअघि मात्र वितेका रहेछन्। १३ वर्षकि छोरी र आठ वर्षका छोरा रहेछन् उनको।’ 

आमालाई मस्तिस्कमा ट्युमर भएको थाहा पाएपछि १३ वर्षीया छोरीले आत्महत्याको प्रयास गरेकी रहिछन्। भर्खरै बुवाको मृत्यु भएको अनि आमा पनि नबाँच्ने भइन् भन्ठानेर ती बालिकाको बाल मस्तिस्कमा गहिरो चोट परेछ।

डा. राजिव शल्यक्रिया गरेका फलोअपमा पुग्ने प्रत्येक विरामीलाई तपाईंलाई देखेर खुसी छु भन्न कहिल्यै छुटाउँदैनन् रे। जसले विरामीको मनोविज्ञन बलियो हुने उनको विश्वास छ

अस्पतालमा मस्तिस्कको ट्युमरको उपचारका लागि पुर्याइएकी ती महिलाको परिवारको त्यो अवस्था सुन्दा डा. राजिवको मन भारी भयो। उनको मनमा अनेकन कुरा खेल्न थाले।

कुराकानीपछि शल्यक्रियाका लागि सबै तयारी भयो। गाउन लगाएर मनमा अनेकन कुरा खेलाउँदै डा. राजिव शल्यक्रिया कक्षमा छिरे। तर उनको मनमा भने महिलाकी १३ वर्षीया छोरीले आत्महत्याको प्रयास गरेको कुरा गढ्यो।

शल्यक्रिया गर्नुपूर्व नै डा. राजिवले महिलाको शल्यक्रिया सफल होस् भन्ने कामना गरे। उनलाई लाग्यो यी महिला जसरी पनि बाँच्नुपर्छ, छोराछोरी हुर्काउनुपर्छ।

शल्यक्रिया गरिरहँदा पनि उनको मन महिलाको परिवारको अवस्थाले बेला–बेला झस्किरह्यो। शल्यक्रियामा जटिलताले अन्यथा भए उनको छोराछोरीको अवस्था के हुन्छ होला भन्ने कुराले उनको मन खाइरह्यो।

तर, त्यसो भएन। महिलाको मस्तिस्कको ट्युमर निकालियो। शल्यक्रिया सफल भयो। जटिलता निम्तिएन। अहिले ती महिलाको स्वास्थ्य सामान्य अवस्थामा फर्किसकेको छ। ती महिलाको शल्यक्रिया सफल हुँदा आफू निकै खुसी भएको उनले सुनाए।

डा. राजिव शल्यक्रिया गरेका फलोअपमा पुग्ने प्रत्येक विरामीलाई तपाईंलाई देखेर खुसी छु भन्न कहिल्यै छुटाउँदैनन् रे। जसले विरामीको मनोविज्ञन बलियो हुने उनको विश्वास छ।

डा. राजिव सोच्छन्– ‘शल्यक्रिया सफल भएर विरामी ओपिडिमा जानु विरामीको लागि त सफलता हो नै, ज्यान बचाउन सक्नु पनि सफलता हो।’

मृत्युको मुखमा पुगेका पुरुषलाई बचाउँदा
केही दिन अघिमात्रै एक जना मस्तिस्कघात भएका पुरुषको ज्यान बचाएको प्रसंगले पनि डा. राजिवलाई सन्तुष्टि मिल्छ।

मस्तिस्कको नसा फुटेर मस्तिस्क घात भएका करिब ५० वर्षीय पुरुषलाई परिवारले अस्पताल पुर्याएका थिए। यस्तो समस्याको सर्जरीलाई चिकित्सकीय भाषामा एनोरिज्म भनिन्छ। डा. झाका अनुसार यस्तो सर्जरी तुरुन्तै गर्नुपर्ने हुन्छ।

कन्सल्टेन्ट न्यूरो सर्जन डा.सुशिलमोहन भट्टराईले ती विरामी अस्पतालमा आएकोबारे डा. राजिवलाई खबर गरे। तर, मस्तिस्कघातको समस्या भएका ती विरामी पुरुषका परिवारले पैसा नभएकाले शल्यक्रिया गराउनै नसक्ने भन्दै शल्यक्रिया गर्न मानेनछन्।

शल्यक्रियाको दुई दिनसम्म हाँस्नेबोल्ने गरिरहेकी महिलाको श्वासप्रश्वासमा तेस्रो दिनदेखि समस्या आयो। जाँच गर्दा निमोनिया देखियो। अथक उपचार प्रयास गर्दासमेत चिकित्सकको टिमले ती महिलालाई बचाउन सकेन।

विरामी र विरामीका परिवारले मस्तिस्कमा ठूलो खराबी छ र तुरुन्तै उपचार नगरे मृत्यु हुन्छ भन्ने पनि बुझेनन्। तुरुन्त शल्यक्रिया नगरे मृत्युकै जोखिम रहेको विषय बुझाउन डा. भट्टराईले पाँच घण्टा भन्दा बढी खर्चनुपरेको डा. झाले सुनाए।

त्यसपछि डा. भट्टराईले विरामीको शल्यक्रियाका लागि अन्य विरामीको उपचारबाट उब्रेका, विरामीले छोडेर गएका लगायत सामानको जोहो गरे। डा. भट्टराईले आफैँ फोन गरेर रगतको पनि व्यवस्थापन गरिदिएछन्। 

तर, कसै गरे पनि विरामीका आफन्त शल्यक्रियाका लागि तयार भएनन्। केही गरे पनि शल्यक्रिया गर्न नमानेपछि डा. राजिवले फेरि ति विरामीका आफन्तलाई सम्झाउन थाले। बल्लबल्ल शल्यक्रियाका लागि तयार भए आफन्त।

आफन्त तयार भएसँगै गरियो शल्यक्रिया। सफल पनि भयो। अहिले ती विरामीको स्वास्थ्य सामान्य अवस्थामा रहेको उनले सुनाए।

निजी अस्पतालमा करिब आठ लाख लाग्ने शल्यक्रिया वीर अस्पतालमा निःशुल्क गर्ने चाँजोपाँचो मिलायो चिकित्सकको टिमले। विरामीलाई मृत्युको मुखबाट बचाएको त्यो क्षण सम्झँदा डा. राजिवको मन शान्त हुन्छ। आनन्द आउँछ।

शल्यक्रिया सफल, विरामी बाँचेन
यी दुईवटा त बचाउन सफल भएका प्रसंग भए। तर, कहिलेकाहीँ शल्यक्रिया सफल हुँदा समेत विरामीको मृत्यु हुन्छ। त्यस्तो बेला डा.राजिवलाई दिक्क लाग्छ। करिब चार महिनाअघि शल्यक्रियापछि मृत्यु भएकी महिलाको घटना सम्झिए उनले।

करिब ५५ वर्षकी महिला वीर अस्पतालमा भर्ना भइन्। ती महिलामा टाउको दुख्ने, वान्ता हुनेजस्ता लक्षण थिए। महिलालाई मस्तिस्कघात भएको थियो। करिब ११ घण्टा लगाएर डाक्टरको टीमले उनको शल्यक्रिया गर्यो। सफल पनि भयो।

विरामीलाई आईसीयूमा राखियो। स्वास्थ्यमा सुधार पनि भइरहेको थियो। शल्यक्रियाको दुई दिनसम्म हाँस्नेबोल्ने गरिरहेकी महिलाको श्वासप्रश्वासमा तेस्रो दिनदेखि समस्या आयो। जाँच गर्दा निमोनिया देखियो। अथक उपचार प्रयास गर्दासमेत चिकित्सकको टिमले ती महिलालाई बचाउन सकेन।

कांग्रेसका स्वर्गीय नेता नवीन्द्र राज जोशी भने अस्पतालमा लाइन बसेर नै स्वास्थ्य जाँच गर्ने गरेको उनी सम्झन्छन्। अन्य केही पूर्वमन्त्री पनि लाइन बसेर नै स्वास्थ्य जाँचका लागि आउने गरेको उनले सुनाए।

यद्यपि, शल्यक्रिया गरिरहेको अवस्थामा शल्यक्रिया टेबलमा नै विरामीको मृत्यु भएको भने आजसम्म देख्न नपरेको उनले सुनाए। जुन कहिल्यै नहोस् भन्ने उनको कामना छ। शल्यक्रिया सफल भएपछि विभिन्न स्वास्थ्य जटिलताले विरामी नबाँचेको घटना भने सयौं भएको उनको अनुभव छ।

शल्यक्रिया गरेको ठाउँमा रक्तश्राव हुने, भेन्टिलेटरमा लामो समय राख्नुपर्ने अनि निमोनिया लगायतका विभिन्न संक्रमणका कारण स्वास्थ्य जटिलता देखिएर विरामीको मृत्यु हुने गरेको उनले सुनाए।

विशेषगरी मस्तिस्कको एनोरिज्यम सर्जरी गर्दा चुनौती हुने डा. झाको अनुभूति छ। यस किसिमको सर्जरीमा मस्तिस्कको फुटेका मसिना नसा खोजेर टाल्नुपर्ने हुन्छ। एक पटक फुटेको त्यस्तो नसा शल्यक्रियाका क्रममा टाउको खोलेर खोज्दाखोज्दै फुट्यो भने विरामीको शल्यक्रिया टेबलमा नै मृत्युसम्मको जोखिम हुने उनी बताउँछन्।

नेपाली समाजमा विरामीको उपचार गर्ने चिकित्सकको नाम समेत सोध्ने चलन नभएको उनी बताउँछन्। उपचार गर्ने चिकित्सकलाई ढुक्कले विश्वास गरेर विरामी छोड्ने प्रवृत्ति रहेको उनको अनुभव छ।

लाइन मिच्दैनथे नेता नवीन्द्र जोशी
सामान्य व्यक्तित्वको तुलनामा नेता लगायत भीआईपीको उपचारमा बढी तनाव हुने उनको अनुभव छ। भीआईपीको अस्पतालमा भर्ना भएको बखत धेरैको फोन आउँछ।

पूर्वप्रधानमन्त्रीसमेतको उपचार गरिसकेका उनले भीआईपी नेताहरूसमेत अस्पतालको ओपिडीमा उपचारका लागि पुग्ने गरेको बताए। त्यस्ता व्यक्तिलाई अन्य विरामी पालोमा बसे पनि प्राथमिकता नै दिएर स्वास्थ्य जाँच गर्ने उनले सुनाए। जुन नौलो होइन।

विरामीले श्रद्धाले ल्याएकाले नकार्न मन लाग्दैन उनलाई। अस्पतालबाट तरकारी बोकेर हिड्न भने असहज लाग्छ। अप्ठेरो मान्दै कोसेली स्वीकारे उनले। कोशेलीको रूपमा घिउ त सयौंले ल्याइदिएको उनको अनुभव छ।

तर, भीआईपीलाई ओपिडिमा प्राथमिकता दिइरहँदा लाइनमा बसेका अन्य विरामीलाई मर्का परेको देख्दा भने खिन्न लाग्छ उनलाई। सुरुमा त लाइन मिचेर नेता तथा मन्त्रीहरू ओपिडिमा स्वास्थ्य जाँच गर्न जाँदा रिस पनि उठ्थ्यो। तर, अहिले भने डा. राजिवले बानी पारिसकेका छन्।

राज्यका धेरै काम गर्नुपर्ने दायित्व भएकाले नै भीआईपीलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। तर, कांग्रेसका स्वर्गीय नेता नवीन्द्र राज जोशी भने अस्पतालमा लाइन बसेर नै स्वास्थ्य जाँच गर्ने गरेको उनी सम्झन्छन्। अन्य केही पूर्वमन्त्री पनि लाइन बसेर नै स्वास्थ्य जाँचका लागि आउने गरेको उनले सुनाए।

उनले भने– ‘नवीन्द्रराज जोशीले लाइन मिचेर जँचाउन आएको याद छैन।’

विरामीकाे काेसेली घिउ र तरकारी
कतिपय विरामीले त फलोअपमा आउँदा घिउ, दाल, तरकारी र फलफूल ल्याइदिने गरेको डा. राजिव सुनाउँछन्। दुई हप्ता अघिको मात्रै कुरा हो।

वीर अस्पतालमा एक जना पुरुषले एक झोला घिरौंला लगायतको तरकारी लगिदिएछन् उनलाई। ती पुरुषको परिवारको एक जना सदस्यको ढाडको नसा च्यापिएको शल्यक्रिया गरेका थिए उनले।

विरामीले श्रद्धाले ल्याएकाले नकार्न मन लाग्दैन उनलाई। अस्पतालबाट तरकारी बोकेर हिड्न भने असहज लाग्छ। अप्ठेरो मान्दै कोसेली स्वीकारे उनले। कोशेलीको रूपमा घिउ त सयौंले ल्याइदिएको उनको अनुभव छ।

चार कक्षादेखि विद्यालयमा पाइला
महोतरीको जलेश्वरस्थित सुरियाहीमा २०२८ मा जन्मिएका हुन् राजिव। उनका बुवा कृषि मन्त्रालय अन्तर्गतको कार्यालयमा जागिरे थिए। सुनसरीको तरहरामा बुवाको सरुवा भएकाले उनी पनि तरहरामा नै हुर्के। 

इटहरीको जनता माध्यमिक विद्यालयमा चार कक्षामा भर्ना भई औपचारिक शिक्षा लिए। विद्यालय टाढा भएकाले तीन कक्षासम्म घरमा नै पुगेर शिक्षकले पढाउने व्यवस्था मिलाइएको थियो। इटहरीमा सात कक्षामा पढ्दापढ्दै बुवाको जनकपुर सरुवा भयो।

जनरल सर्जरीमा चासो बढिरहेको बेला एक दिन फ्याट्ट न्यूरो सर्जरी विभागमा उनको पोष्टिङ भयो। न्यूरो सर्जरीमा पोष्टिङ भएपछि अध्ययनमा समय दिन नपाउने कुरामा उनी तनावमा परे।

राजिवले जनकपुरको सरस्वती हाइस्कुलबाट २०४४ मा एसएलसी गरे। जनकपुरकै रामसागर रामश्वरूप बहुमुखि (राराब) क्याम्पसबाट आइएस्सी गरे। त्यसपछि त्रिचन्द्र कलेजमा बीएस्सी अध्ययनका लागि भर्ना भए। राजिवलाई डाक्टर पढ्ने ठूलो इच्छा थियो।

त्यसैले बीएस्सी भर्ना भए पनि एमबीबीएस अध्ययनका लागि प्रयास गरिरहे। त्यो बेला त्रिभूवन विश्वविद्याल अन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थान (महाराजगञ्ज क्याम्पस)मा डाक्टरी पढाइ हुन्थ्यो। जहाँ जम्मा १५ वटा मात्रै सिट थियो रे। त्यसैले नेपालमा एमबीबीएस पढ्न पाउन निक्कै कठिन थियो।

रसियामा एमबीबीएस
छोरालाई डाक्टर पढाउँ भन्ने बुवाको ठूलो सपना थियो। नभन्दै राजिवले रसियामा एमबीबीएस अध्ययनका लागि जाने मौका पाए। रसियामा एमबीबीएस अध्ययन सस्तो पनि थियो।

सन् १९९३ रसिया पुगेर चिकित्सा शास्त्रको एमडी डिग्री अध्ययनका लागि भर्ना भए उनी। एक वर्ष भाषा पढे। ६ वर्ष एमडी डिग्री अध्ययन गरे। सन् २००० मा डिग्री पूरा गरेर नेपाल फर्के।

विश्वमा नै त्यो डिग्रीले एमडी डिग्रीको नै मान्यता पाउने भए पनि नेपालमा भने त्यसलाई एमबीबीएसको मान्यता दिने चलन रहेको उनले सुनाए। 

निर्देशकलाई काम मनपरेपछि वीरमा जागिर
नेपाल फर्केपछि प्रसूती गृह, त्रिपुरेश्वर स्थित आँखा अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पतालमा उनले एक वर्ष इन्र्टनसीप गरे।

इन्टर्नसीपको अन्तिम तीन महिना डा. राजिवले वीर अस्पतालको जनरल सर्जरी विभागमा काम गरे। त्यो बेला जनरल सर्जरी विभागको प्रमुख डा. मनोहरलाल श्रेष्ठ थिए। श्रेष्ठ त्यो बेला वीर अस्पतालको निर्देशक समेत थिए।

न्यूरो सर्जरी अत्यन्तै व्यस्त विभाग थियो। नेपालभरीको ‘हेड इन्जुरी’ वीर अस्पतालमा नै हुन्थ्यो। १/२ जना हेड इन्जुरीका विरामी त आकस्मिक कक्षमा सर्जरीका लागि पालो कुर्दाकुदै मृत्यु हुने अवस्था थियो।

एक दिन वार्डमा राउण्डमा जाँदा अधिकांश खातामा एकै किसिमको अक्षरले लेखेको डा. श्रेष्ठले देखे। उनले राउण्डमा गएको टिमलाई सोधे– ‘धेरै विरामी एउटै डाक्टरले जाँचेको देखिन्छ त, जाँच्ने को हो?
डा. शैल रूपाखेतीले जवाफ दिए– ‘यो राजिवले नै लेखेको हो।’

त्यो प्रसंगपछि राजिवलाई डा. श्रेष्ठले निक्कै मन पराएछन्। त्यसैले इन्टर्नसीप सकेको भोलिपल्टै श्रेष्ठले उनलाई वीर अस्पतालको करारमा मेडिकल अधिकृतका रूपमा नियुक्त गरे।

अचानक डा. उपेन्द्र देवकोटाको विभागमा पोष्टिङ भएपछि...
डा. राजिवले वीर अस्पतालको विशेषगरी अर्थोपेडिक्स, जनरल सर्जर विभाग र आकस्मिक कक्षमा काम गरिरहेका थिए। अधिकांश समय सर्जरी विभागमा नै काम गरेकाले सर्जरीप्रति उनलाई विशेष चासो र रुचि हुन थालिसकेको थियो।

सामान्यतया एउटा विभागमा ६ महिना काम गरेपछि अर्को विभागमा सरुवा हुन्थ्यो। जनरल सर्जरीमा चासो बढिरहेको बेला एक दिन फ्याट्ट न्यूरो सर्जरी विभागमा उनको पोष्टिङ भयो। न्यूरो सर्जरीमा पोष्टिङ भएपछि अध्ययनमा समय दिन नपाउने कुरामा उनी तनावमा परे।

त्यो बेला डा. उपेन्द्र देवकोटा वीर अस्पतालको न्यूरो सर्जरी विभागको प्रमुख थिए। न्यूरो सर्जरी अत्यन्तै व्यस्त विभाग थियो। नेपालभरीको ‘हेड इन्जुरी’ वीर अस्पतालमा नै हुन्थ्यो।

१/२ जना हेड इन्जुरीका विरामी त आकस्मिक कक्षमा सर्जरीका लागि पालो कुर्दाकुदै मृत्यु हुने अवस्था थियो रे। रात दिन मस्तिस्क सम्बन्धि समस्या भएका विरामीको आकस्मिक शल्यक्रिया कक्षमा शल्यक्रिया भइरहेको हुन्थ्यो।

‘त्यो बेला न्यूरो सर्जन पास हुनेबित्तिकै प्राइभेटमा काम गर्दा १५/२० लाख जसले पनि तिर्थे,’ उनले सुनाए, ‘तर, छात्रवृति करारमा पढेकाले गर्दा निजीमा जान मिलेन।’ 

न्यूरो सर्जरी विभागको त्यो अवस्थाले पनि उनलाई त्यहाँ जान मन लागेको थिएन। तर, जागिर नै नरहने चिन्ताले उनी त्यहाँ गए। विभागमा काम गर्ने आँट गरे।

मासिक २० लाख तलब छोडेर वीरमा काम
न्यूरो सर्जरी विभागमा काम गर्ने क्रममा डा. देवकोटाले न्यूरो सर्जन बन्न सुझाव दिए उनलाई। एमबीबीएसपछि कम्तिमा दुई वर्ष काम गरेर मात्र एमएस पढ्न पाइने व्यवस्था अनुरूप उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(वीर अस्पताल)मा नै एमएस अध्ययन गर्न थाले त्यो बेला उनको जागिर भने रहेन।

त्यसो त न्यूरो सर्जरी विभागमा काम गर्दा नै डा. राजिवलाई न्यूरो सर्जन बन्छु भन्ने भोक जागिसकेको थियो। उनी एमएस अध्ययन गरिरहेको बेलामा पनि न्यूरो सर्जरी विभागमा पुगिरहन्थे। त्यो बेला नेपालमा न्यूरो सर्जनको संख्या न्यून भएकाले न्यूरो सर्जनको अभाव थियो। 

सन् २००७ मा डा. राजिवको तीन वर्षे एमएस अध्ययन पूरा भयो। त्यसपछि उनी पुनः रजिष्ट्रार पदमा जनरल सर्जनका रूपमा वीर अस्पतालमा नै करार जागिरे भए। उनले न्यूरो सर्जरी विभागमा नै काम गर्न थाले। एमएस अध्ययन गरेपछि एमसीएच अध्ययनका लागि दुई वर्ष काम गनुपर्ने थियो। त्यसैले दुई वर्ष काम गरे।

त्यसपछि करार जागिर छाडेर डा. राजिवले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा नै सन् २००९ मा चार वर्षे एमसीएच न्यूरो सर्जरी विषको अध्ययन गर्न थाले। सन् २०१२ मा अध्ययन सकियो। 

ट्रमा सेन्टरमा नयाँ न्यूरो सर्जन आएपछि अब ट्रमामा अप्ठेरो पर्दैन भनेर आफू वीर अस्पतालमा गएको उनले सुनाए। उनी अहिले वीर अस्पतालको न्यूरो सर्जरी विभागको प्रमुख भूमिकामा छन्।

यसरी हेर्दा न्यूरो सर्जन बन्नका लागि एमबीबीएसपछि कम्तिमा ११ वर्ष लाग्ने डा. राजिव सुनाउँछन्। अन्य मूलुकको तुलनामा नेपालमा न्यूरो सर्जन अध्ययन गर्न सात वर्ष बढी समय लाग्ने उनको अनुभव छ।

डा. राजिवले छात्रवृत्ति करारमा एमसीएच अध्ययन गरेका थिए। प्रतिष्ठानले छात्रवृतिमा अध्ययन गराएबापत तीन वर्ष वीर अस्पतालमा काम गनुपर्ने थियो। त्यसैले डा. झाले एमसीएच अध्ययनपछि वीर अस्पतालमा तलबी छात्रवृत्ति करार जागिरे भएर तीन वर्ष काम गरे। त्यो बेला न्यूरो सर्जनका रूपमा उनले क्लिनिकल ट्युटर पदमा काम गरे। 

त्यो बेला न्यूरो सर्जरी विषयको अध्ययन सक्नासाथ निजी अस्पतालले मासिक १५/२० लाख तलब दिन्थे रे।

‘त्यो बेला न्यूरो सर्जन पास हुनेबित्तिकै प्राइभेटमा काम गर्दा १५/२० लाख जसले पनि तिर्थे,’ उनले सुनाए, ‘तर, छात्रवृति करारमा पढेकाले गर्दा निजीमा जान मिलेन।’ 

सातवर्ष अघि सरकारी स्थायी चिकित्सक
डा. राजिव करारमा नै वीर अस्पतालमा निरन्तर काम गरिरहेका थिए। धेरै वर्षपछि लोकसेवाले न्यूरो सर्जन माग गरेछ। उनले लोक सेवा परीक्षा दिए। परीक्षामा सफलता मिल्यो।

सात वर्ष अघि डा. राजिव लोकसेवामार्फत सरकारी चिकित्सक भएर कन्सल्टेन्ट न्यूरो सर्जनका रूपमा काम गर्न थाले। सरकारी जागिरे भएपछि उनको पहिलो पोष्टिङ राष्ट्रिय ट्रमा सेन्टरमा भयो।

त्यो बेला न्यूरो सर्जन डा. प्रकाश बिष्टसँग छलफल गरेर विशेषगरी ट्रमा सेन्टर र वीर अस्पताल दुवैपट्टि काम गरेको उनले सुनाए। ट्रमा सेन्टरमा न्यूरो सर्जरी विभागको प्रमुखका रूपमा उनी काम गर्थे।

कहिलेकाहिँ उनलाई मनमनै लाग्छ– ‘मैले वीर अस्पतालमा पोष्टिङ लिएर यहाँ मात्र काम गरेको भए भइहाल्थ्यो नि! किन दुई तिर काम गर्नुपर्थ्यो र। आखिर जागिर त पाकिहाल्थ्यो।’

उनको अर्को पनि सोचे, ‘त्यो बेला मैले दुवैपट्टि काम गरेकाले नै विरामीले त सेवा पाए।’ 

उनी त्यसैमा रमाउँछन्। आनन्द लिन्छन्। अहिले भने डा. राजिव नर्भिक अस्पतालमा पनि पार्ट टाइमरका रूपमा काम गर्छन्। विहान सात बजेदेखि बेलुका करिब दश बजेसम्म अस्पतालमा विरामीको औषधि उपचार तथा शल्यक्रियामा नै व्यस्त हुन्छन् उनी।

वीर अस्पतालको न्यूरो सर्जरी विभागका प्रमुख तथा वरिष्ठ न्यूरो सर्जन डा. प्रकाश विष्टको ६ महिना अघि उमेर हदका कारण अवकास लिने भएपछि डा. राजिवको पोष्टिङ वीर अस्पताल भयो। डा. विष्टसँग नै छलफल गरेर आफू वीरमा पोष्टिङ भएको उनले सुनाए।

ट्रमा सेन्टरमा पाँच वर्ष न्यूरो सर्जनका रूपमा काम गरे उनले। ट्रमा सेन्टरमा नयाँ न्यूरो सर्जन आएपछि अब ट्रमामा अप्ठेरो पर्दैन भनेर आफू वीर अस्पतालमा गएको उनले सुनाए। उनी अहिले वीर अस्पतालको न्यूरो सर्जरी विभागको प्रमुख भूमिकामा छन्।

२५ भदौ, २०७९, १८:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।