फोटो कथा : विर्मा र डोकोको ३४ वर्षको मित्रता 

फोटो कथा : विर्मा र डोकोको ३४ वर्षको मित्रता 

सुर्खेत : वीरेन्द्रनगर ३ विर्मा ढकालको उमेर पुग्यो ६९ वर्ष। उनको थाप्लोमा नाम्लो अनि ढाडमा डोको चढेको ३४ वर्ष भयो। सिजन अनुसारका डोकोमा सामान राखेर बजार डुलाउँदै व्यापार गरेरै उनले तीन छोरी र एक छोरा हुर्काइन्। 

तीनै जनाको विवाह भइसक्यो। पखेटा लागेसँगै सन्तानले आ-आफ्नेै गुँड बनाए। डोकोले भने अझेै साथ दिएकै छ। त्यही साथीको सहयोगमा उनको कमाई चलेको छ। उनी र श्रीमान्को खर्च धानेको छ।सिजन अनुसारको व्यापार गर्छिन् उनी। उनको डोकोमा त्यही अनुसारको सामान आउँछन्।  अहिले स्याउको मौसम। उनको डोकोमा त्यही छ अहिले।

 अहिले उनी दैनिक दुई पेटी स्याउ बेच्छिन्। त्यति बेच्दा उनले पाँच सय रुपैयाँसम्म खुद नाफा कमाउँछिन्। ८० रुपैयाँ किलो मन्डीबाट किनेर उनी एक सय रुपैयाँ प्रतिकिलो बेच्छिन्।

उनलाई जीवनसँग कुनै गुनासो छैन। जीवन चलेकै छ।६९ वर्षसम्म आफ्नेै पौरखमा बाँच्न पाएकोमा उनी खुसी छिन्।

२५ भदौ, २०७९, १६:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।