राष्ट्रपतिले क्युट कुमारीको दर्शन गरिन्, सुरु भयो इन्द्रजात्रा

राष्ट्रपतिले क्युट कुमारीको दर्शन गरिन्, सुरु भयो इन्द्रजात्रा

काठमाडौँ : काठमाडौँ उपत्यकामा शुक्रवारबाट इन्द्रजात्रा पर्व सुरु भयो। राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका विशिष्ट पाहुनाहरू वसन्तपुरमा पुगेर  कुमारी, गणेश र भैरवको दर्शन गरे।

आठ दिनसम्म यो जात्रा मनाइन्छ।

भाद्र शुक्ल पक्ष यँलाथ्व द्वादशीका दिन इन्द्र ध्वजोत्थानबाट सुरु भई यँलागाः चौथी अर्थात् इन्द्र ध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ।

इन्द्रजात्रा र लिङ्गो  ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवी पुराण, विष्णु धर्मोत्तर पुराण, बृहत् संहिता र भविष्य पुराणमा विस्तृत वर्णन रहेको बताइन्छ।

इन्द्रजात्रामा मध्यरातमा इन्द्रचोकमा रहेको किराँती राजा यलम्बरको शिर भनिने आकाश भैरवको मूर्तिलाई मन्दिरको बाहिर खट बनाएर राखी विभिन्न प्रकारका फूलले सिँगारेर पूजा गरिन्छ।

२४ भदौ, २०७९, २२:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।