फोटो कथा

राष्ट्रपतिले क्युट कुमारीको दर्शन गरिन्, सुरु भयो इन्द्रजात्रा


काठमाडौँ : काठमाडौँ उपत्यकामा शुक्रवारबाट इन्द्रजात्रा पर्व सुरु भयो। राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका विशिष्ट पाहुनाहरू वसन्तपुरमा पुगेर  कुमारी, गणेश र भैरवको दर्शन गरे।

आठ दिनसम्म यो जात्रा मनाइन्छ।

भाद्र शुक्ल पक्ष यँलाथ्व द्वादशीका दिन इन्द्र ध्वजोत्थानबाट सुरु भई यँलागाः चौथी अर्थात् इन्द्र ध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ।

इन्द्रजात्रा र लिङ्गो  ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवी पुराण, विष्णु धर्मोत्तर पुराण, बृहत् संहिता र भविष्य पुराणमा विस्तृत वर्णन रहेको बताइन्छ।

इन्द्रजात्रामा मध्यरातमा इन्द्रचोकमा रहेको किराँती राजा यलम्बरको शिर भनिने आकाश भैरवको मूर्तिलाई मन्दिरको बाहिर खट बनाएर राखी विभिन्न प्रकारका फूलले सिँगारेर पूजा गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

बाई-बाई बुटवल [फोटोफिचर]

आज दशैंको आठौँ दिन अर्थात् अष्टमी। आज घर-घरमा खसी-बोका, च्याङ्ग्रा, राँगा लगायत पशुको बली दिने चलन छ। त्यसैले पनि आज धेरैलाई घर जाने हतार छ।....

दशैं र भिसा सँग–सँगै (फोटोफिचर)

भैरहवाबाट दैनिक कुवेतको जजिराले उडान भर्छ। दशैंको समयमा दैनिक १ सय ५० भन्दा बढि नेपाल आइरहँदा नेपालबाट अहिले दैनिक ५० भन्दा बढि विदेश जाने गरेको....

काल भैरव मनाउन झाँक्रीको तन्त्र साधना

नौरथा मानिने दशैँमा नौ दिनसम्म प्रमुख शक्तीपिठहरुमा पूजा आराधना गरी मनाइन्छ भने दशमीको दिन मान्यजनबाट जमरा र टिकासँगै....

सिकाली जात्राको सौन्दर्य : अन्त पर्वको माहौल जम्दै जाँदा जहाँ दशैँनै सकिन्छ

आज दशैँको षष्ठिका दिन, सिकाली मन्दिरमा रुद्राणी देवगणहरूले नृत्य प्रस्तुत गरे। आज स्वस्थानी व्रत कथामा उल्लिखित दक्ष प्रजापतिको यज्ञ प्रसङ्ग....

न्यास्रिएका अनुहार (बसपार्कका १३ दृश्य )

कोही काठमाडौँ छाडेर आफ्नै थातथलो फर्कने हतारोमा थिए कोही वैदेशिक रोजगारीका क्रममा लामो समय परिवारसँग बिछोडिएर बस्दाको....