इन्द्रजात्रामा मेयर बालेनको फ्लाइङ किस

इन्द्रजात्रामा मेयर बालेनको फ्लाइङ किस

काठमाडौं : इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्ने भनेर यस पटक काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह निकै सक्रिय भए। विदेशी पाहुनादेखि स्वदेशी पाहुनाहरूलाई निम्ता दिए। वसन्तपुर क्षेत्र रङ्गाइए।

सडक किनारमा फूलका गमला राख्नेदेखि लिएर रङ रोगनमा विशेष ध्यान दिइयो यो पाली।

गद्दी बैठक अगाडि महानगरकी उपमेयर सुनिता डङ्गोल लगायतका आइसक्दा मेयर बालेन देखिएनन्। बालेन नदेख्दा जात्रा हेर्न पुगेकाहरूले बालेन...बालेन... भनेर हुटिङ गरे। उपमेयर डङ्गोलले हातले इसारा गर्दै आउँदैछन् भनिन्।

कालो टोपी, कालै कोट अनि कालै दौरामा बालेन आएपछि हुटिङ चर्को भयाे। बालेन गद्दी बैठक अगाडि पछिल्लो रोहमा उभिँदा गृहमन्त्री बालकृष्ण खाँण लगायतकाहरू पहिलो रोहमा उभिएका थिए। हुटिङ बालेनका लागि मात्रै थियो।

हुटिङ सुनेर उनी कहिले मुसुक्क हाँस्थे, कहिले नमस्कार गर्थे त कहिले हात हल्लाएर अभिवादन गर्थे। उनी श्रीमतीसहित पुगेका थिए। समर्थकहरूले निरन्तर हुटिङ गरेपछि उनले समर्थकहरूलाई फ्लाइङ किस समेत दिन भ्याएका थिए।

२४ भदौ, २०७९, २१:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।