पुजारी उद्धवमान कर्माचार्यकाे असन्तुष्टि : आजकल समयबजीको ठाउँमा केक राख्छन्, जुत्ता लगाएर संकल्प गर्छन्

पुजारी उद्धवमान कर्माचार्यकाे असन्तुष्टि : आजकल समयबजीको ठाउँमा केक राख्छन्, जुत्ता लगाएर संकल्प गर्छन्

काठमाडौंः काठमाडौंको हनुमान ढोका परिसरमा इन्द्र जात्राको भव्य रौनक देखिएको छ। केहि दिनअघि मात्र रंग्याइएका भवनहरूबाट रंगको गन्ध आइरहेको छन्। आठ दिनसम्म जात्राको सबैभन्दा विशेष र महत्त्वपूर्ण पक्ष कुमारी जात्रा हो। इन्द्रजात्रा र कुमारीलाई एक अर्काको परिपुरक मानिन्छ। इन्द्र जात्रा, तलेजु मन्दिर, कुमारी, भैरव र गणेश सबै जात्राका एकदमै महत्त्वपूर्ण पक्ष हुन्। तलेजुको मनुष्य रूपनै कुमारी हो भन्ने मान्यता छ।

विगत २७ वर्षदेखि तलेजु मन्दिरको पुजारी रहेका उद्धवमान कर्माचार्यले तलेजु मन्दिरको मुल पुजारी भएर सम्पूर्ण पूजाको नेतृत्त्व गरिरहेका छन्। इन्द्रजात्राको समयमा गरिने जीवित देवी/देवताहरूको पूजादेखि उनीहरूलाई प्रतिस्थापन गर्ने सम्मको काम उनकै जिम्मामा छ।

कर्माचार्यले अहिलेसम्म ३/३ वटा कुमारी, भैरव र गणेशलाई प्रतिस्थापन गरिसकेका छन्। लिच्छवीकालदेखि मनाउन थालिएको इन्द्र जात्रामा मल्कालका अन्तिम राजा जयप्रकाश मल्लले कुमारी जात्रा समावेश गराए। उनै पुजारी कर्माचार्यसँगै इन्द्र जात्रामा कुमारी जात्रा कसरी समावेश भयो? जात्रामा तलेजु मन्दिरको भूमिका के? मौलिकतामा आएका फरकको सन्दर्भमा उकेराले गरेको कुराकानी।

जसरी काठमाडौंको जीवित देव÷देवी हुन शाक्य कुलमै जन्म लिएको हुनुपर्छ, त्यसरी नै तलेजु मन्दिरको पुजारी हुन पनि कर्माचार्य कुलमै जन्म लिएको हुनुपर्छ। यस्तो किन?
हामी भक्तपुरबाट आएको कर्माचार्य होइनौं। हामी पश्चिम गोर्खाबाट आएका हौं। हाम्रो कुनै जात पनि थिएन। पछिसम्म पनि नाममात्र लेख्ने गर्थ्यौं। महेन्द्र मल्लले जातको रूपमा हामीलाई आचार्य पदवी दिएको मान्यता छ। हामी कर्मकाण्ड गर्ने नभएर आराधना गर्ने आचार्य हौं। राजासँग तलेजु भवानीको आराधना गर्न पर्याप्त समय नभएकाले आचरणमा बसेर कर्म गर्न हाम्रा पुस्तालाई अह्राउनुभएछ। त्यो बेलादेखि नै हामीलाई कर्माचार्य भन्दै पुजारी बनाइयो। विवाहपछि पहिलो सन्तान छोरा भयो भने मात्र ऊ प्रमुख पुजारी बन्न योग्य हुन्छ।

तलेजुको पुजारीले गर्ने मुख्य काम के–के हुन्?
दैनिक नित्यपूजा र आरतीबाहेक वर्षमा २४ वटा विशेष पूजा हुन्छ। १२९ वटा पर्व चलाउनुपर्छ । त्यस्तै इन्द्र जात्रामा ८ दिन, गुहेश्वरीमा मंसिर महिनामा कृष्ण पक्षको अष्टमीदेखि द्वितीयसम्म ५ दिन र वर्षको १२ वटा पूर्णिमामा पशुपतिमा महास्नान गर्न जानुपर्छ। त्यसपछि बैकुण्ठ चतुर्दशी, रामनवमीमा पनि विभिन्न पूजा गर्नुपर्ने हुन्छ। पशुपतिमा मात्र १४ वटा तलेजु मन्दिर छ।

अब किन शाक्यहरुनै ? भन्ने पनि प्रश्न आउनसक्छ। किनभने, उनीहरू सोझो हुन्छन्। कालिगढमा अति नै परिपक्व। अनि सुन बनाउन एकदमै सिपालु। शाक्यहरूले सुन बनाउँदा एक टुक्रा जसरी पनि आफ्नो भाँडामा खसाल्छ भन्ने गरिन्छ।

त्यसैगरि, इन्द्र जात्राको दुई दिन अगाडि गणेश भैरव र कुमारीलाई विशेष किसिमले फकाएर निमन्त्रणा दिनुपर्छ। अष्टमीदेखि पकाएको रोटी लगायत विभिन्न परिकार र कपडा दिएर बोलाउनुपर्छ। कुमारी जात्रा चतुर्दशी र पूर्णिमा दुई दिन मात्र हुन्छ। चतुर्दशीमा निमन्त्रणा दिएर फकाउनुपर्ने अनि पूर्णिमाको दिन चाहिँ टीका लगाउने चलन छ।

इन्द्र जात्रामा कुमारी जात्रा कसरी जोडियो ?
तलेजु भवानी र इन्द्र जात्रा भनेको फरक–फरक हो। इन्द्र जात्रा लिच्छविकाल देखिनै छ। तलेजुको अर्को रूपमा कुमारी जात्रालाई लिइन्छ। जय प्रकाश मल्लको पालामा नेपाल सम्बत ८८२ मा इन्द्र जात्रासँग कुमारी जात्रा जोडिन आएको हो। तलेजुलाई हेर्नु हुँदैन भनेर त परम्परा देखिनै चलिआएको छ। हेर्न नदिएपछि भित्र के रहेछ भन्ने उत्सुकता हुने रहेछ। अनि अरुले के हेर्ने त भन्दा कुमारी हेर्ने। इन्द्रजात्रा एउटा विशेष जात्रा हो। त्यसैमा जोडिन आएको अन्य जात्राहरूमा एउटा कुमारी जात्रा हो। जुन चाहिँ तलेजु भवानीको मनुष्य रूप हो।

तलेजुलाई कुमारीको प्रतिकको रूपमा सबैले दर्शन गर्न पाओस् भनेर इन्द्रजात्रामा प्रवेश गराइएको हो। कुमारी भनेको ३–४ वर्षको उमेरमा छानिएको र १०–१३ वर्ष उमेर नकाटेको बच्चा हो। त्यो भन्दा बढी उमेर भयो भने उसमा लावन्यापन बढी हुन्छ भन्ने मान्यता छ। त्यसको मतलब उसलाई रजस्वला भएर नै हटाएको भन्ने पनि होइन। धेरैले रजस्वलालाई पनि यसमा जोडिएको छ। तर, त्यसो होइन। एउटा उमेर भएपछि उनीहरूबाट त्यो दैविक शक्ति आफैँ हराउँदै जान्छ। त्यस कारण भगवान हुनको लागि पनि बालापन त हुनैपर्छ।

सरकार बाट त केहि पनि चाँहिदैन हामीलाई। तलेजुको आफ्नो भएको चिज मात्र दिए पुग्छ। तर, त्यहि पनि दिँदैन। तलेजुको नाममा जग्गामात्र ३०औं हजार रोपनी थियो। अहिले त करिब २० हजार रोपनी जति मात्र छ भन्ने सुनेको छु।

कुमारी त पहिला पनि थियो। तर, मनुष्यको रूपमा होइन। स्थिर रूपमा। कुनै कुरालाई कुमारीको प्रतिक मानेर पुज्ने गरिन्थ्यो। जस्तै तान्त्रिक शक्ति हुन्छ भन्ने विश्वासका साथ पुष्पलाई मात्र राखेर पनि हामीले कुमारी भनेर पुज्ने गर्थ्यौं। तलेजुलाई सर्वसाधारणलाई देखाएन भनेर गुनासो आएपछि मनुष्यको रूपमा देखाएको न हो। त्यसैगरि विवेक को रूपमा गणेश र क्षेत्रको रूपमा भैरवलाई लिइन्छ। अनि रथ यात्रामा पहिला कुमारी, गणेश अनि भैरव बसेर तीनैजना सँगै निस्कनुपर्ने हुन्छ ।

कसरी छानिन्छ त जीवित देव/देवी ?
देव/देवी हुनका लागि काठमाडौंको पनि १८ शाक्य महाविहारमध्येको परिवारबाट जन्मिएको बच्चा नै हुनुपर्छ । कोर एरियाको पनि कालिमाटी टंकेश्वरभित्रको मात्र हुनुपर्छ। बुवाआमा पनि दुवै शाक्य नै हुनुपर्छ । तीनै जना देव/देवीमा एउटै मापदण्ड लागू हुन्छ। हँसिलो अनुहार, कुनै खोट नभएको बच्चा हुनुपर्छ।

आफ्नो बच्चा तलेजुको प्रतिकको रूपमा देवता हुनु पाउँदा शाक्यहरूले गर्व गर्नुपर्छ। सबैजना देवता हुन पाउँदैनन्। कतिले चाहिँ बुद्ध धर्मावलम्बीलाई हिन्दु बनायो भन्ने पछि गर्छन् तर त्यस्तो होइन। यसलाई धार्मिक सहिष्णुताको रूपमा लिनुपर्छ।

अब किन शाक्यहरुनै ? भन्ने पनि प्रश्न आउनसक्छ। किनभने, उनीहरू सोझो हुन्छन्। कालिगढमा अति नै परिपक्व। अनि सुन बनाउन एकदमै सिपालु। शाक्यहरूले सुन बनाउँदा एक टुक्रा जसरी पनि आफ्नो भाँडामा खसाल्छ भन्ने गरिन्छ। आफ्नो आमाको नै किन बनाउन नपरोस्, उनीहरूले एक टुक्रा भए पनि खसालेर राखेको हुन्छ रे।

थाहा नहुने गरेर छट्टु भएकाले उनीहरूलाई चाण्डाल पनि भनिन्छ। धेरै अघिको कुरा हो, १८ शाक्य महाविहारमध्येको बज्राचार्यले अरु जातलाई बिहे गरेछ। तर, उनलाई कुलमा नभित्र्याएर बाहिरै राखियो। काममा पनि एकदमै सिपालु, मान्छे पनि अतिनै राम्री थिइन् रे उनी। बाहिर बसे पनि केहि काम गर्न दिनु भनेपछि ढुङ्ग्री र थान्का बनाउन दिएछन्।

तलेजु भवानीले चाण्डाल को छोरीको रूपमा आफू बहिर आउने भनेकाले शाक्यलाई नै रोजिएको हो। तर, सबै भन्दा पुरानो कुमारी त बुङ्ग्मतिको महर्जन हो। रातो मच्छिन्द्रनाथ ल्याउने बेलामा ४४० भन्दा अगाडिदेखि नै थिए। उनीहरूलाई चाहिँ बज्राचार्यले स्थापना गरेका हुन्।

तलेजु/कुमारीलाई आर्थिक स्रोत साधन कसरी जुटाइन्छ ?
स्रोत नभएको होइन। इन्द्र जात्राको लागि जति जमिन छुट्टयाइएको छ, त्यसले खर्च परिपूर्ण हुन्छ। तर, भएको जग्गा बेच्दै गयो, माँसिदै गयो, कुनै त सरकारले नै हडप्यो। सबैमा राजनीति घुस्यो। सरकारले जात्राको लागि मात्रै भनेर छुट्टै मापदण्ड बनाउनुपर्छ। गुठि संस्थान र नेपाल सरकारले आ–आफ्नो भूमिका निभाउनुपर्छ।

जात्रा आयो कि बैठक भनेको छ। चिया खाएको छ। कसरी हुन्छ जात्रा चाडो सक्नेमा ध्यान छ। राष्ट्रप्रमुख आउने आउने भनेको छ। देखायो अनि सक्यो। अहिले देखावटीमा मात्र जात्रा सीमित भयो।

पहिला राजा हुँदा सरकारबाट पूजा आयो भनेर खटमा समयबजी राखेर पूजा गरिन्थ्यो। तर, अहिले त मान्छेनै त्यसको अगाडि लाइनै राखेर संकल्प गर्नुपर्ने रे! अहिलेसम्म कहिले नगरेको चिज गरेर हुन्छ! एक त संकल्प गर्ने, त्यसमाथि छालाको जुत्ता लगाएर?

सरकार बाट त केहि पनि चाँहिदैन हामीलाई। तलेजुको आफ्नो भएको चिज मात्र दिए पुग्छ। तर, त्यहि पनि दिँदैन। तलेजुको नाममा जग्गामात्र ३०औं हजार रोपनी थियो। अहिले त करिब २० हजार रोपनी जति मात्र छ भन्ने सुनेको छु।

तलेजुको सेवा गरे बापत मैले वर्षमा ५ मुरी धान पाउँछु। तलब भने पनि जे भने पनि त्यहि हो। सरकारले दिएको धान भनेर दुई रुपैयाँमा बोक्न लगाएर घरमा ल्याउँथे पहिला। अहिले धानको भाउ १५ सय छ। त्यहि अनुसार के–के गरेर मलाई अहिले महिनामा तीन हजार दिन्छ।

राजतन्त्र र गणतन्त्रको जात्रामा के कस्तो फरक पाउनुभयो ?
जात्रा एउटै हो। तर मनाउने तरिकामा केहि फरकपन पक्कै छ। पहिला राजा भनेपछि मान्छे डराउँथे। सीआइडिहरू बढि हिड्थेँ। उनीहरूसँग मात्र बन्दुक हुन्थ्यो। अहिले त सबै जना राजा जस्तै भए, सबैसँग बन्दुक। जात्रामा द्वन्द्व बढिरहेको छ। रक्सी खाने र झगडा गर्ने अनि रथ नै घरमा लगिदिने।

पहिला कम सुविधा थियो तर अनुशासन थियो। तर, अहिले सुविधाहरूको गलत प्रयोग भइरहेको छ। पहिला सम्बन्धित व्यक्तिले मात्र मैनबत्तीको पूजा गर्थे, बाँकी सबैले हेरेर मजा लिन्थे। अहिले चाहिनेभन्दा बढी मानिसको सहभागिता भइरहेको छ। जुन चिजको महत्व छ, त्यसलाई बिर्सिएर हरेक कुरामा पनि नयाँपन ल्याउन थालियो।

मेरो तर्फबाट पनि कहिँकतै कमजोरी भने भएकै हो। एकापसमा अहिले पहिलाको जस्तो समन्वय हुन सकेको छैन। नेतृत्त्वकर्ताले राम्रोसँग नेतृत्त्व सम्हाल्न सकेको छैन।

पहिला राजा हुँदा सरकारबाट पूजा आयो भनेर खटमा समयबजी राखेर पूजा गरिन्थ्यो। तर, अहिले त मान्छेनै त्यसको अगाडि लाइनै राखेर संकल्प गर्नुपर्ने रे! अहिलेसम्म कहिले नगरेको चिज गरेर हुन्छ! एक त संकल्प गर्ने, त्यसमाथि छालाको जुत्ता लगाएर? त्यसको अस्तित्वनै मेटिने गरेर जात्रा मनाइँदैछ। भित्री मनले आस्था राखेर कुमारी, भैरव र गणेशको पूजा गरे भैहाल्छ नि! मैले यो सब गरे भनेर देखाइरहनुपर्दैन। जात्रा गरेपछि त्यसको नियम विधि त पालना गर्नैपर्छ।

जात्राको मौलिकता कम हुँदै गएको हो त  ?
पहिला जात्राको बेलामा बिहानै कता–कताबाट तयार भएर मान्छेहरू देवलमा बसिरहेका हुन्थे। त्यो सब त हाम्रो जात्राको रौनक हो नि! हाम्रो कला संस्कृति हेर्न आएका हुन्। घरमा बस्न नपाएर उनीहरू आएको हो र! राष्टप्रमुख, मन्त्रीलाई हेर्न आएको होइन नि! अहिले सबै देखावटी मात्र भयो। सबै विदेशीपन हाबी भइसक्यो।

पोहोर साल मात्र यहाँको बाजागाजामा मात्र तीन करोड रूपैयाँ खर्च भयो। तर मौलिक बाजा बजेन। जात्रामा जुन पाए त्यहि बाजा बजाएर हुन्छ? त्यसमा हाम्रो मौलिकता खै? पुलिकिसीको बाजाको अर्कै आवाज आउँछ, लाखेको अर्कै आउँछ। बाजाबाटै थाहा हुन्छ अब यो आयो भनेर। अनि त्यहि अनुसारको उत्साह हुन्छ।

तर, अहिले त जे आए पनि एउटै आवाज आउँछ। अहिले जे बाजा आए पनि ढ्यांग–ढ्यांग बजाएको बाजा सुन्नुपर्छ। समयबजीको ठाउँमा केक राखिएको छ। सानो माछा राख्नुपर्ने ठाउँमा ठूलो माछा राखिएको छ। त्यस्तै श्वेत भैरवमा छ्याङ्ग र रक्सी जलको रूपमा खाने चलन छ। तर, अहिले त घुटघुट खाएको छ। त्यो त जल हो नि! रक्सी भनेर दिएको त होइन।

हुन त अब समयको माग भनेर पनि भन्लान्। तर, माग भनेर रक्सीको ठाउँमा ह्विक्सी खाने? त्यस्तो त होइन नि! छाडापन गर्नु भएन। संस्कृतिलाई जसले पनि जता पनि लान त मिलेन नि! संस्कृति जोगाउने त हामीले नै हो।

भने पछि अहिले मनाइरहेको जात्राको प्रक्रियामा सन्तुष्ट हुनुहुन्न?
छैन । म त छैन । त्यसो भनेर जात्रालाई नराम्रो चाहिँ भन्न खोजेको होइन। तर, मेरो तर्फबाट पनि कहिँकतै कमजोरी भने भएकै हो। एकापसमा अहिले पहिलाको जस्तो समन्वय हुन सकेको छैन। नेतृत्त्वकर्ताले राम्रोसँग नेतृत्त्व सम्हाल्न सकेको छैन। नेतृत्त्वकर्ता भनेको नेपाल सरकार र गुठि संस्थान नै त हो। उनीहरूले सबैलाई समेटेर जात्राको संरक्षण गर्नुपर्छ।

२४ भदौ, २०७९, १६:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।