विश्वविद्यालयमा तालाबन्दी गर्नु महापाप : मन्त्री पौडेल

विश्वविद्यालयमा तालाबन्दी गर्नु महापाप : मन्त्री पौडेल

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी गर्नु ‘महापाप’ भएको बताएका छन्।

विद्यालय पवित्रस्थल रहेको बताउँदै उनले यस्तो पवित्रस्थलमा तालाबन्दी, तोडफोड र पठनपाठनमा प्रभावित गर्नु अपराध भएको बताए।

अन्तर्राष्ट्रिय सारक्षता दिवसको अवसरमा शिक्षा तथा मानव स्रोत विकासले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले विश्वविद्यालय सुधारको निम्ति उठेका विषयहरूलाई छलफलबाट टुंगाउन सकिने जिकिर गरे।

पवित्र स्थलमा तालाबन्दी गर्ने, तोडफोड गर्ने, पठनपाठनमा डिस्टर्ब गर्ने कुरा गरियो भने पुरानो भाषामा भन्दा ‘पाप’ लाग्छ। आधुनिक भाषामा अपराध हुन्छ।

विद्यार्थी संगठन, प्राध्यापक संगठनले विश्वविद्यालय सुधारको निम्ति वार्ता र छलफल गर्नुपर्नेमा उनको जोड छ।

मन्त्री पौडेलले नेपालमा अध्ययन भएका विषयहरूलाई अझ बढी परिस्कृत गर्नुपर्ने बताउँदै अत्यावश्यक भएका विषयहरूलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सहकार्य गरेर ल्याउन सकिने पनि बताए।

मन्त्री पौडेलले विद्याथीलाई समक्ष बनाउन प्राध्यापक र शिक्षकको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै शिक्षकलाई आलोचना गर्न बन्द गर्नुपर्ने धारणा राखे। शिक्षालाई रोजगारसँग जोडेर लैजाने विषयमा सरकार प्रतिबद्ध रहेको उनको दाबी छ।

२३ भदौ, २०७९, १६:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।