शब्दमाला

धपेडीबाट जोगिन सिकाउने पुस्तक ‘धेरैको धपेडी’ सार्वजनिक


काठमाडौं: लेखक जीवनकुमार प्रसाईंको पुस्तक 'धेरैको धपेडी' सार्वजनिक भएको छ। पुस्तकमा बढ्दो उपभोक्तावादले जनस्वास्थ्य, सामाजिक जीवन र वातावरणमा के कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयलाई समेटिएको छ।

पुस्तकले वैज्ञानिक तथ्यहरूलाई सबैले बुझ्नेगरी सरल भाषामा व्याख्या गरेको छ।

अमेरिकाको युनिभर्सिटी अफ अलाबामामा अनुसन्धान र अध्यापनमा संलग्न उनले अढाई दशकभन्दा बढी समयदेखि जडीबुटी र खाद्यपदार्थमा रहेका पोलिफेनोलको क्यान्सरलगायत जीर्ण रोगहरूको नियन्त्रण तथा उपचारमा हुने असरका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन्। उनका आलेखहरू ‘साइन्स’ लगायत जर्नलमा प्रकाशित छन्।

प्रसाईंका अनुसार पछिल्लो समय अस्पताल र औषधिको पहुँच बढ्दै गए पनि त्यसअनुसारको आरोग्यता बढ्न सकेको छैन। त्यसमाथि धेरैभन्दा धेरै पैसा पद अनि धन आर्जन र संग्रह गर्ने प्रवृत्तिले सबैको जीवन धपेडीमा छ।

‘जीवनको जतन धेरैमा होइन तन, मन र वातावरण बीचको सन्तुलनमा टिकेको हुन्छ,’ लेखक प्रसाईं भन्छन्, ‘यो चेतना सँगसँगै सनातनदेखि चलिआएको संस्कृति र सम्पदाको संरक्षण र सम्बर्धन गर्नु आज जरुरी भएको छ।’ पुस्तकमा यिनै कुराहरू वैज्ञानिक तथ्यका आधारमा आम पाठकलाई चार अध्याय ‘कम हुँदैन थोरै’, ‘जीवनको जतन’, ‘शरीरको सामथ्र्य’ र ‘परम्परा, सम्पदा र स्वास्थ्य’ मार्फत् पस्किने प्रयत्न गरिएको छ।

उनले यसभन्दाअघि पनि खानपान, जीवनशैली र वातावरणले स्वास्थ्य जीवनमा पार्ने प्रभावका बारेमा पुस्तक लेखिसकेका छन्। उनका ‘जीवन जिउने काइदा’, ‘सँधै तन्नेरी’ र ‘वरीपरी नै सर्वोपरी’ गरेर तीनवटा पुस्तक यसअगावै नेपालयबाट प्रकाशित भइसकेका छन्।

नेपालयकी कार्यकारी प्रमुख सैजन मास्केका अनुसार पाठकहरूसमक्ष बौद्धिक खुराकका साथै समग्र स्वास्थ्य चेतना समेत पस्कने हिसाबले यो पुस्तक प्रकाशन गरिएको हो।

२२८ पृष्ठ लामो ‘धेरैको धपेडी’ पुस्तकको मूल्य ४२५ रुपैयाँ तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

दशैंमा पुस्तक बजार सुुस्त तर टेबल मुनिबाट बेचिँदैछ ‘इजोरिया’

‘कोभिडले गर्दा किताबको बजार राम्रो छैन। तर, इजोरिया हामीले एक हप्तामा नै ३ सय ६० प्रति बिक्री गर्‍यौं,’ उनले भने, ‘यो किताब बजारमा अहिले पाउनै....

भिक्टरको ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ सार्वजनिक

उपन्यासमा बुद्ध जन्मभूमि कपिलवस्तु राज्यको उदय र पतनको कथा छ। कपिलवस्तुको वैभवशाली गौरवको विस्तृत जानकारी समेटिएको उपन्यासमा शाक्य वंशको विनाशको बीज कारण र जातीय रक्तशुद्धिको....

खगेन्द्रको पहिलो उपन्यास फुर्के बुकहिलबाट आउने

उनको पहिलो उपन्यास 'फुर्के'को आवरण सोमवार सार्वजनिक गरियो। खगेन्द्रले 'फेसबुक लाइभ'मार्फत पुस्तकको भिडियो टिजरसँगै पुस्तकको कभर सार्वजनिक गर्दै फुर्के नामक कुकुरको जीवनका आरोह-अवरोहमा उपन्यास केन्द्रित....

कुलचन्द्र गौतमको आत्मकथा ल्याउँदै नेपालय

पुस्तकमा गौतमको दुर्लभ अनुभवहरू समेटिएको प्रकाशन गृहले दाबी गरेको छ। एसएलसी लगत्तै अमेरिकी विश्वविद्यालयको छात्रवृत्ति पाएका गौतमलाई पढ्न जान तत्कालीन सरकारले पासपोर्ट समेत दिन मानेको....

‘अग्नि’लाई मदन पुरस्कार, जगदम्बा–श्री दुर्गाप्रसाद श्रेष्ठलाई

यस्तै जगदम्बा–श्री पुरस्कार ‘उदय’ किताबका सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय गरिएको छ। मदन पुरस्कारका लागि अग्निसँगै ग्रीष्मको नीलो बतास, महाभारा, यादको सन्दुक, लिच्छवि लिपि, व्युत्पत्तिमूलक....