बगलामुखीको आठौँ रथारोहण हुँदै

बगलामुखीको आठौँ रथारोहण हुँदै

काठमाडौँ : मैजुबहालमा रहेको बगलामुखी मन्दिरको मूर्ति प्रतिस्थापन र प्राण प्रतिष्ठाको आठौँ वार्षिकोत्सवमा रथ यात्रा हुने भएको छ।

बगलामुखी मन्दिर संरक्षण तथा व्यवस्थापन समाजले रथयात्रा, धार्मिक अनुष्ठान सहित आठौँ महोत्सव मनाउन लागेको हो।

समाजका कार्यवाहक अध्यक्ष कैलाश गर्तौलाका अनुसार आगामी बिहीबार प्रसाद वितरण र शुक्रवार दिउस १ बजे शोभा रथयात्राको कार्यक्रम राखिएको छ।

काठमाडौं मैजुबहालको स्थानीयवासीले सार्वजनिक जग्गाको संरक्षण गर्दै आठ वर्ष अगाडि बगलामुखीको भव्य मन्दिर निर्माण गरेका थिए। समाजले अक्षय कोष बनाएर धार्मिक अनुष्ठान र सामाजिक गतिविधि गर्दै आएको छ। 

२१ भदौ, २०७९, १०:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।