उकेरा कोलम

सरिताको 'मिखा' जसले डाउन सिन्ड्रोम र अटिजम भएका महिलाहरूलाई कलामार्फत समाजमा घुलमिल हुन सिकाउँछ


तस्बिरहरू: कृष्पा श्रेष्ठ

ललितपुरको चाकुपाटमा 'मिखा' अवधारणा सञ्चालन भइरहेको छ। यहाँ सुस्त मनस्थिति भएका विद्यार्थीहरू चित्रकलामार्फत आफ्नो अनुभूति अरूसँग साट्छन्। समाजमा आफूलाई घुलमिल गराउन आफ्नो सक्रियता बढाउँछन्।

नेपाल भाषामा 'मिखा' को अर्थ आँखा हुन्छ। मिखालाई भित्री आँखा मानेर यो अवधारणा विशेषतः अपाङ्गता भएका महिलाप्रति केन्द्रित छ।

करिब ३० वर्षदेखि चित्रकलामा समर्पित सरिता डङ्गोलले यसको नेतृत्त्व गरिरहेकी छिन्। 

पाटन ढोका क्षेत्रलाई मिखाबहाल भनिन्छ। यसकारण पनि सरिता र उनको बाल्यकालकी साथी सुनिला बज्राचार्य मिलेर मिखाको अवधारणा बनाएका हुन्।

सुनिला भने अहिले अमेरिकामा छिन्। उनी सरितालाई उतैबाट 'ब्याक सपोर्ट' गर्दै आएकी छिन्।

०००
कुनै समय थियो, चित्रकला विधामा प्रवेश गर्न सरिताले निकै रोकटोक सहनुपरेको थियो। अहिले उनीसँग 'आर्ट काउन्सिलिङ' गरेका अनुभवहरू पनि छन्।

उनीहरूले बाल्यकाललाई जिउन पाएनन्। आफ्नो अपाङ्गताका कारण घरभित्रै बस्नुपर्यो। शिक्षाबाट वञ्चित भए। तर अहिले उनीहरू चित्रकला र सँगै नृत्य र संगीत पनि सिकिरहेका छन्।

त्यही काउन्सिलिङ गरेको अनुभवका आधारमा सरिताले कोभिडका कारण घरमै बसिरहेका र समाजले अपनाउन हिच्किचाएकाहरूलाई आफ्नो ग्यालरीमा पढ्ने, सिक्ने ठाउँ दिएकी हुन्।

'महिला त्यसमाथि डाउन सिन्ड्रोम र अटिजम भएकाहरू। उनीहरू घरबाट बाहिर निस्कने अवस्थामा थिएनन्। काम, कला र दिमाग गुम्सिदै गएको थियो', उनी भन्छिन्, 'अनि उनीहरूको सीपलाई विकास गर्दै कसरी समाजमा घुलमिल गराउने भनेर हामीले हप्ताको दुई पटक कक्षा लिने गर्छौं।' 

अहिले मिखामा ३ जना विद्यार्थी छन्। सबै अधबैंसे उमेरका।

उनीहरूले बाल्यकाललाई जिउन पाएनन्। आफ्नो अपाङ्गताका कारण घरभित्रै बस्नुपर्यो। शिक्षाबाट वञ्चित भए। तर अहिले उनीहरू चित्रकला र सँगै नृत्य र संगीत पनि सिकिरहेका छन्।

सिक्न चाहनेलाई मिखामा स्वागत
सरिताले मिखामा जसलाई पनि स्वागत गर्छिन्। सिक्न मन हुने व्यक्ति जस्तो अशक्त भए पनि मिखामा आएर सिक्न सक्ने उनी बताउँछिन्।

'अपाङ्गता भएकाहरूसँग घुलमिल हुन उनीहरूलाई भन्दा बढी हामीलाई नै समय लाग्छ। उनीहरूलाई बढी माया गर्नुपर्ने र बढी मेहनत गर्नुपर्ने हुन्छ', सरिताले अनुभव सुनाइन्।

मिखा सुधार गृह नभएर एउटा संस्था भएकाले सिक्न चाहने सबै प्रकारका विद्यार्थी राख्ने गरेको उनी बताउँछिन्।

मिखा स्वयम्‌सेवा भएको तर, विद्यार्थीले खुशीले दिएको अलि अलि पैसा भने शिक्षकहरूलाई दिने गरेको उनी बताउँछिन्। त्यो पैसा उनीहरूकै सीपको प्रदर्शनीमा पनि खर्च गरिने उनले बताइन्।

शारीरिक रूपमा साङ्ग विद्यार्थीलाई सिकाउँदा र शारीरिक रुपमा अपाङ्ग विद्यार्थीहरू लाई सिकाउँदा सामान्य फरक मात्र हुने र गाह्रो नहुने उनी बताउँछिन्।

'अपाङ्गता भएकाहरूसँग घुलमिल हुन उनीहरूलाई भन्दा बढी हामीलाई नै समय लाग्छ। उनीहरूलाई बढी माया गर्नुपर्ने र बढी मेहनत गर्नुपर्ने हुन्छ', सरिताले अनुभव सुनाइन्।

स्कुलमा भ्यागुता र अमिवाको चित्र बनाएर पोख्त
सरिता अहिले विभिन्न स्कुल/कलेजमा चित्रकला पढाउँछिन्। 'त्यही भएर पनि हरेक प्रकारका विद्यार्थी सम्हाल्न सहज लाग्छ। रमाइलो पनि लाग्छ। उनीहरूबाट पनि त हामीले कसरी कुरा अगाडि बढाउने भनेर थाहा पाइरहेको हुन्छौँ', उनले भनिन्।

सरितालाई सानैदेखि चित्र कोर्न एकदमै सिपालु थिइन्। चित्रकला पनि पेशा हुनसक्छ भनेर विश्वास नगरिने समयमा उनको लगाव भने गाढा भइसकेको थियो।

स्कुलको गृहकार्य गर्दा पनि पहिला चित्र नै सकाउँथिन्।

आईए पढ्ने बेलामा एउटा चित्र बनाउँदा पाँच हजार पुरस्कार पाएको उनी अहिले पनि सम्झिन्छिन्। चित्र बनाएर पुरस्कार स्वरूप पैसा कमाएको त्यो पहिलो अनुभव थियो सरिताका लागि।

'साइन्समा धेरै चित्र बनाउनुपर्ने हुन्थ्यो। त्यसमा मलाई अमिवा र भ्यागुताको चित्र बनाउन एकदमै रमाइलो लाग्ने। अनि सबैले राम्रो पनि भन्नुहुन्थ्यो। चित्रको पनि छुट्टै अङ्क पाउने हुँदा साथीहरूले पनि मलाई चित्र बनाउन भन्थे', सरिताले पुराना दिन सम्झिइन्।

त्यसपछि उनी झन् खुशी हुँदै सबै साथीको चित्र पनि बनाउँथिन्। यसले उनलाई पोख्त बनाउँदै लग्यो।

त्यतिबेला सरिता र उनको परिवारलाई आर्ट कलेज पनि हुन्छ भनेर थाहै थिएन। तर एसएलसीपछि आर्ट पढ्नुपर्छ भन्ने सुझाव पाइरहन्थिन् उनी। शिक्षकहरूले पनि आर्टमै करिअर बनाएर आर्टिस्ट बन्न प्रोत्साहन गरिरहन्थे उनलाई। 

सबै साथीहरू साइन्स र म्यानेजमेन्ट पढिरहेको बेला आफू आर्ट पढ्दा परिवार अलि हिच्किचाएका थिए। तर उनी नजिकैको ललितकला क्याम्पसमा भर्ना भइन्।

आईए पढ्ने बेलामा एउटा चित्र बनाउँदा पाँच हजार पुरस्कार पाएको उनी अहिले पनि सम्झिन्छिन्। चित्र बनाएर पुरस्कार स्वरूप पैसा कमाएको त्यो पहिलो अनुभव थियो सरिताका लागि।

सन् १९९६ मा पहिलोपटक फ्रान्समा प्रदर्शनी गर्न जाँदा उनले त्यहाँ हरेक चित्राकारको आफ्नो स्पेस देखिन्। आफ्नै ग्यालेरी देखिन्। त्यसपछि उनलाई पनि छिटोभन्दा छिटो नेपालमा आफ्नो ग्यालरी खोल्ने इच्छा जागेछ। तर, उनको इच्छा सन् २०१४ मा आएर बल्ल पूरा भयो।

त्यसपछि उनी खुशी भइन्, आफ्नो रहरबाट आम्दानी पनि गर्न सकिँदो रहेछ भनेर।

१९९६ मा ग्यालरी बनाउने इच्छा, २०१४ मा पूरा
अहिले सरिता पेन्टिङ त गर्छिन् नै आफूले जानेको सीप अरूलाई पनि सिकाउँछिन्। आर्किटेक्टका विद्यार्थीलाई कलेजमा पढाउँछिन् पनि।

उनले आफ्नै आर्ट स्कुल पनि सञ्चालन गरेकी छिन्। सन् १९९२ मा स्नातक सकाएपछि उनले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)मा गएर स्टुडियो पनि लिइन्। 

चित्रकार भएपछि आफ्नै ग्यालरी खोल्ने इच्छा कसको नहुँदो हो। सरिताको पनि थियो। 

सन् १९९६ मा पहिलोपटक फ्रान्समा प्रदर्शनी गर्न जाँदा उनले त्यहाँ हरेक चित्राकारको आफ्नो स्पेस देखिन्। आफ्नै ग्यालेरी देखिन्। त्यसपछि उनलाई पनि छिटोभन्दा छिटो नेपालमा आफ्नो ग्यालरी खोल्ने इच्छा जागेछ। तर, उनको इच्छा सन् २०१४ मा आएर बल्ल पूरा भयो।

चित्र बनाउन नपाउँदा खोलिएको आफ्नै आर्ट स्कुल
२२ वर्षमा सरिताको विवाह भयो। श्रीमान्‌ले आफूलाई साथ दिने भएकाले पनि यस क्षेत्रमा निरन्तरता दिन सकेको उनी सुनाउँछिन्।

तर स्कुल खोल्नु मात्र ठूलो कुरा होइन चलाउनसक्नु ठूलो कुरा हो भन्ने सरिताले यसबीचमा सिकिन्। अभिभावकहरूले चित्रकलाको मूल्य नबुझेको, कतिले बुझेर पनि बुझ पचाएको, चित्रकलामा भविष्य छैन भन्ने सोचेको कारण आफ्ना सन्तानलाई त्यसमा लगाव भए पनि अँगाल्न नदिएको उनले अनुभव गरेकी छिन्।

तर विवाहपछि घरपरिवार, बच्चा भन्दाभन्दै समय बित्यो। स्नातकोत्तर पढ्ने चाहना पूरा नहुने छाँटकाँट थियो। तर, सन् २०१३ मा चित्रकलामा स्नातकोत्तर सकिन्।

सन् २००७ तिर दोस्रो बच्चाको जन्मपछि उनले घरबाटै आर्ट एजुकेशन दिने सोचिन्। चित्र बनाउन समय नहुने, प्रदर्शनी गर्दा एकदमै सीमित मान्छे मात्र आउने अनि स्कुलमा पनि त्यसबारे केही नसिकाइने भएकाले उनले आर्ट स्कुल खोलिन्।

सुरुमा उनको आर्ट स्कुलमा दुई जना विद्यार्थी आए। अहिले त्यो सङ्ख्या बढेर करिब ७० जना पुगेका छन्।

'चित्र मात्र बनाउने होइन। आर्टिस्टको लाइफ, हिस्ट्री, आर्ट एजुकेशनको भ्याल्यु, सामग्रीको प्रयोग कसरी गर्ने, ग्यालरी भनेको के हो, आर्टिस्टहरू कसरी स्टुडियोमा काम गर्छन् लगायतको सबै कुरा सिकाउँछौँ। सकेसम्म आर्टको बारेमा धेरै भन्दा धेरै कुरा दिन खोज्छौं।'

तर स्कुल खोल्नु मात्र ठूलो कुरा होइन चलाउनसक्नु ठूलो कुरा हो भन्ने सरिताले यसबीचमा सिकिन्। अभिभावकहरूले चित्रकलाको मूल्य नबुझेको, कतिले बुझेर पनि बुझ पचाएको, चित्रकलामा भविष्य छैन भन्ने सोचेको कारण आफ्ना सन्तानलाई त्यसमा लगाव भए पनि अँगाल्न नदिएको उनले अनुभव गरेकी छिन्।

उनी निराश हुँदै सुनाउछिन्, 'कति जना त मसँग काउन्सिलिङ गर्न आउनुहुन्छ। मेरो छोरा/छोरी आर्ट पढ्ने भन्छ के गर्ने भन्नुहुन्छ। त्यस्तो बेलामा दुःख लाग्छ।'

तर शंकासँगै बुझ्न चाहेको देखेर उनी आशावादी र खुशी पनि हुन्छिन्। 'काउन्सिलिङ गर्न मात्र भए पनि आउन थाले भनेर खुशी लाग्छ', उनले भनिन्।

एउटै थिममा वर्षौँ काम गर्न रुचाउने
सरिता एक समयमा एक विम्बसँगभन्दा पनि त्यसको श्रृङ्खलासँग खेल्न रुचाउँछिन्। एउटै थिममा वर्षौँ काम गर्न रुचाउँछिन् उनी। 

कलेज जीवन सकिएपछि उनले करिब ९ वर्ष रुखसँग सम्बन्धित चित्रहरू बनाइन्।

सरिताका प्रायः चित्रहरू सेमिअबस्ट्रयाक्ट हुन्छन्। अहिले भने उनी १२ वर्षदेखि खुर्सानी थिममा काम गरिरहेकी छिन्। 

अहिलेसम्म उनको सबैभन्दा महँगोमा बिक्री भएको आर्ट पनि रुखकै थिमको हो। त्यो उनले साढे तीन लाखमा बेचिन्।

'एकदम सस्तो भनेको सानो साइजको १५/२० हजार जतिको हुन्छ। यसमा अरू बिजनेशमा जस्तो बार्गेनिङ हुँदैन। पेन्टिङ किन्ने भनेको त आर्ट बुझेकै मान्छेले मात्र त हो', उनले भनिन्।

यसले उनलाई सिर्जना गर्नु धेरै गाह्रो काम हो भन्ने बुझाएको छ। 'सिर्जनालाई पहिला आफूले अनुभूति गर्नुपर्छ। अनि मात्र त्यसलाई व्यक्त गर्न सकिन्छ', उनले सुनाइन्।

१४ पटक एकल प्रदर्शनी
सरिताले अहिलेसम्म १४ पटक एकल प्रदर्शनी गरिसकिन्। समूहमा त्योभन्दा बढी गरिन्।

उनले चित्रकलामा पुरस्कारहरू पनि दर्जनभन्दा बढी पाइसकेकी छिन्। 'मलाई कहिले पनि यो पेशा छोड्ने सोच बनाउनुपरेन। स्नातकपछि मैले एनजीओमा काम पाएँ। त्यसमा गाउँगाउँमा गएर आर्ट सिकाउने गर्नुपर्थ्यो। त्योबेला पैसा पनि राम्रै कमाएँ। दैनिकीको हिसाबले पैसा आउँथ्यो। बाहिर पनि राम्रो शो हुन्थ्यो', सरिताले भनिन्।

उनले फ्रान्ससँगै जापान र अष्ट्रेलियामा पनि आफ्नो कला देखाइ सकेकी छिन्।

सरिताका प्रायः चित्रहरू सेमिअबस्ट्रयाक्ट हुन्छन्। अहिले भने उनी १२ वर्षदेखि खुर्सानी थिममा काम गरिरहेकी छिन्। 

खुर्सानी थिममै किन? 
'बच्चा भएपछि प्रायः म घरमै हुन्थेँ। किचेनमै दिन बित्थ्यो। थरिथरिको तरकारी देख्दा खुर्सानीमा चाहिँ म आकर्षित भए। त्यसको आकार, प्रकार, रङ्ग सबै देखेर एकदमै प्रभावित भएँ', उनले सुनाइन्।

खुर्सानी पिरो स्वादको साथसाथै कसैको नजर नलागोस् भनेर पनि प्रयोग गरिने चलन छ। सरिताले पनि खुर्सानी ढोकामा झुण्ड्याएको, खाना एक ठाउँबाट अर्को ठाउँमा लग्दा त्यसमा खुर्सानी झानेर हाल्ने अनि मात्र लाने गरेको देखिन्।

यसपछि उनले खुर्सानीमा स्वादबाहेक पनि विशेषता भएको महसुस गरिन्। र खुर्सानीको पेन्टिङसँग खेल्न थालिन्।

अब उनको उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरूलाई कसरी वृहत् बनाउने? बजारीकरण कसरी गर्ने? भनेर योजना बनाउनु हो। यसको तयारी सुरु गरिसकेको उनी बताउँछिन्।

खुर्सानी थिममा उनले बनाएको पछिल्लो पेन्टिङमा ढोकामा खुर्सानी सजाएर राखेको देख्न सकिन्छ। उनी अझै केही समय खुर्सानीसँगै खेल्न चाहन्छिन्।

'आर्ट म्युजियमको आवश्यकता छ'
सरिताले हरेक वर्ष चित्रकारहरूको कामको प्रदर्शनी गर्दै आएकी छिन्।  त्यसलाई पछिसम्म निरन्तरता दिन चाहन्छिन्। सरकारी निकायको ध्यानाकर्षण गर्न चाहन्छिन्। कला क्षेत्रमा भएका कलाकारहरूको मर्म बुझाउन चाहन्छिन्। 

'एउटा एकदमै राम्रो ग्यालरी नाफामा थियो। अहिले त्यो छैन। देशमा भएका ठूल्ठूला चित्रकारहरूको चित्र हेर्नुपर्‍यो भने उनीहरूकै घरमा गएर हेर्नुपर्ने अवस्था छ। अहिले एउटा आर्ट म्युजियमको एकदमै आवश्यकता छ।'

पहिलाको तुलनामा अहिले मानिसहरू झन् चित्रकलामा आकर्षित भए पनि त्यसको विस्तार हुन नसकेको उनको धारणा छ। उनले आफ्नो ग्यालरी प्रदर्शनीको लागि भाडामा पनि दिने गर्छिन्।

अब उनको उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरूलाई कसरी वृहत् बनाउने? बजारीकरण कसरी गर्ने? भनेर योजना बनाउनु हो। यसको तयारी सुरु गरिसकेको उनी बताउँछिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

ब्याच नम्बर ६९ : युनुस घटनामा भारतीय सुरक्षा सङ्गठनको भूमिका देखेपछि प्रधानमन्त्रीलाई भने' योबारे भारतको प्रधानमन्त्रीसँगै कुरा गर्नुपर्‍यो'

यस्तो बेलामा सुरक्षाकर्मीले अन्य स्रोत उल्लेख गरेर भन्न खोजेको कुरा भन्ने गरेका हुन्छन्। कुनै घटनामा भारतको कस्तो भूमिका छ भन्ने खुलाउन सिधै हाम्रो अनुसन्धानमा यस्तो....

चौथो अंग : सत्ताको भाषा बोलेर मुद्दालाई उपेक्षा गर्ने र बहसै नगर्ने भए हाम्रा मिडिया

उदाहरणका लागि थारु आन्दोलन र मधेश आन्दोलनलाई लिन सकिन्छ। सत्ताको भाषा इन्जोय गर्याे मिडियाले। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि मिडियाले खासै भाउ दिएको थिएन।....

रमा ढुङ्गानाको प्रसव पिडा र खुसी : हेल्थपोष्ट जाँदा पुरुष स्वास्थ्यकर्मी रहेछन्

OOO मेरो बुबा ज्ञानप्रसाद ढुङ्गाना अहिले स्वर्गीय हुनुभयो। आमा हेमगंगा ढुङ्गाना उहाँकै आमा अर्थात् मेरी हजुरआमालाई स्याहार गरेर गाउँमा बस्नुहुन्छ। मेरो जन्म कृषक परिवारमा भएको....

डा. रविन्द्रको उपचार अनुभव : थला परेका बिरामीले तुरुन्तै उपचार नगरे आत्महत्या गर्छु भनेपछि...

खुट्टा फटाएर दिसा, पिसाब गर्न सक्दैनथे। ट्वाइलेट जान नसक्दा कोपरामा दिसापिसाब गर्नुपथ्र्यो। सामान्य दैनिकीसमेत गर्न नसकेर थला परेका विराटनगरका ती पुरुष बिरामीले निक्कै कष्ट खेपिरहेका....

मुकुन्दशरणकाे हिजाेका कुरा : राजा महेन्द्रले दिएको एक हजार बक्सिसले छापेको किताबले जब मदन पुरस्कार पायो

राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो कविलाई उत्कृष्ट भनेको सम्झँदै उनी भन्छन्, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेले समेत मलाई कवि लेखनाथको दाँजोमा कविता लेख्ने कविका रूपमा विश्लेषण गर्थे।’ माधव....