लुम्बिनी प्रदेशमा गठबन्धनका दलहरूको आ-आफ्नै दावी; जसपा र जनमोर्चा सम्मानजनक हैसियतको खोजीमा

लुम्बिनी प्रदेशमा गठबन्धनका दलहरूको आ-आफ्नै दावी; जसपा र जनमोर्चा सम्मानजनक हैसियतको खोजीमा

बुटवल: लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ संघीय निर्वाचन क्षेत्र र ५२ वटा प्रदेश निर्वाचन क्षेत्रमा गठबन्धनका दलहरूले आ-आफू टिकट दावी गरिरहेका छन्। गठबन्धनका दलले गरेको टिकटको दावी भने निर्वाचन क्षेत्रभन्दा बढी छ।

भागबण्डामा सहमति जुट्न नसकिरहेको अवस्थामा कांग्रेस र माओवादी केन्द्रले गत स्थानीय तह निर्वाचनमा पाएको मतका आधारमा सिट बाँडफाँट हुनुपर्ने बताएको छ। यता जसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले भने गठबन्धनमा आबद्ध दलको अस्तित्व रहने गरी भागबण्डा हुनुपर्ने बताएका छन्।

लुम्बिनी प्रदेशमा कांग्रेसले प्रतिनिधि सभातर्फ १६ वटा निर्वाचन क्षेत्रमा दावी गरेको छ। प्रदेश र प्रतिनिधि सभा गरी ५२ वटा निर्वाचन क्षेत्रमध्ये २८ मा कांग्रेसको दावी छ।

एकीकृत समाजवादीले भने प्रतिनिधि सभा निर्वाचनमा ५ सिट र प्रदेशमा २४ सिटको दावी गरेको छ। ०७४ को चुनावमा लुम्बिनीका २६ मध्ये १३ प्रतिनिधि सभा निर्वाचन क्षेत्र एमालेले जितेको थियो। जसमध्ये पाल्पाका सोमप्रसाद पाण्डे, दाङका मेटमणि चौधरी र हिराचन्द्र केसी गरी तीन जना एमाले छाडेर समाजवादीतर्फ लागेका छन्। 

०७४ मा कांग्रेसले संघतर्फ पाँच वटा क्षेत्रमा विजय हासिल गरेको थियो।

माओवादी केन्द्रले १२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा दावी गरेको छ। प्रदेश सभातर्फ भने २२ सिटमा माओवादीको दावी छ। ०७४ सालमा ६ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा माओवादीले जितेको थियो।

एकीकृत समाजवादीले भने प्रतिनिधि सभा निर्वाचनमा ५ सिट र प्रदेशमा २४ सिटको दावी गरेको छ। ०७४ को चुनावमा लुम्बिनीका २६ मध्ये १३ प्रतिनिधि सभा निर्वाचन क्षेत्र एमालेले जितेको थियो। जसमध्ये पाल्पाका सोमप्रसाद पाण्डे, दाङका मेटमणि चौधरी र हिराचन्द्र केसी गरी तीन जना एमाले छाडेर समाजवादीतर्फ लागेका छन्। 

एकातर्फ कांग्रेस, माओवादी र एकीकृत समाजवादीले गरेको दावी भएका सिट सङ्ख्याभन्दा धेरै छ भने अर्कोतर्फ जसपा र राष्ट्रिय जनमोर्चा सिट संख्या उल्लेख नगरी सम्मानजनक हैसियतको खोजीमा छन्।

यता संघीय समाजवादी पार्टीले एक सिट जितेको थियो भने जनमोर्चाले एक सिट जितेको थियो।

कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुन स्थानीय तहको निर्वाचनमा आएको मतभारलाई आधार बनाएर यो दावी गरिएको बताउँछन्। 

माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल स्थानीय तहको निर्वाचनपछि माओवादीको जनमत बढेकाले आफ्नो पार्टीको दावी स्वाभाविक रहेको बताउँछन्। 

यस्तै एकीकृत समाजवादीका केन्द्रीय सचिव तथा लुम्बिनी इन्चार्ज भागवत विश्वासी पनि लुम्बिनीमा पार्टीको बलियो सांगठनिक आधार भएको र विगतमा पनि बलियो उपस्थिति भएकाले आफ्नो दावी स्वाभाविक रहेको बताउँछन्।

एकातर्फ कांग्रेस, माओवादी र एकीकृत समाजवादीले गरेको दावी भएका सिट सङ्ख्याभन्दा धेरै छ भने अर्कोतर्फ जसपा र राष्ट्रिय जनमोर्चा सिट संख्या उल्लेख नगरी सम्मानजनक हैसियतको खोजीमा छन्।

जसपा लुम्बिनी अध्यक्ष अशोक यादव आफूहरूले सम्मानजनक संख्या पाउनुपर्ने बताउँछन्। जनमोर्चाले भने संघमा एक र प्रदेशमा दुई सिट आफूले पाउनुपर्ने बताएको छ।

कांग्रेसले प्रदेशभरमा ३७५ वटा वडा जितेको छ। एमालेले ३१४ वटा वडा जितेको छ। माओवादी केन्द्रले १७० वडा जित्दा जनता समाजवादी पार्टी ४३ वडामा विजयी भएको छ।

जनमोर्चाका लुम्बिनी अध्यक्ष बमबहादुर खत्रीले पार्टीले आधिकारिक निर्णय नगरे पनि पार्टीको बलियो संगठन रहेको र यसअघि संघमा जितेको प्युठानबाट संघमा एक र अर्घाखाँची तथा दाङबाट गरी दुई प्रदेश सभा सिटमा आफ्नो पार्टीका दाबी रहने बताए।

स्थानीय तह निर्वाचनमा कांग्रेसले लुम्बिनीका १०९ मध्ये ४८ वटा पालिका प्रमुख जितेको छ भने एमालेले २७ वटा पालिका प्रमुख जितेको छ। माओवादीले २५ वटा पालिकाको नेतृत्त्व हात पारेको छ।

कांग्रेसले प्रदेशभरमा ३७५ वटा वडा जितेको छ। एमालेले ३१४ वटा वडा जितेको छ। माओवादी केन्द्रले १७० वडा जित्दा जनता समाजवादी पार्टी ४३ वडामा विजयी भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी १५, राप्रपा २१, राष्ट्रिय जनमोर्चा १६ र नेकपा एकीकृत समाजवादीले ४ वडा मात्र जितेका छन्।

१६ भदौ, २०७९, ०९:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।