नारायण नेपालको ‘दाजु–बहिनीका कुरा’ उपन्यास सार्वजनिक

नारायण नेपालको ‘दाजु–बहिनीका कुरा’ उपन्यास सार्वजनिक

काठमाडौं : लेखक नारायण नेपालको ‘दाजु–बहिनीका कुरा’ नाम उपन्यास सार्वजनिक गरिएको छ।

माेतीजयन्तीको अवसरमा घुम्ती कवि गोष्ठी नेपालले कपनमा एक कार्यक्रमकाे आयाेजना गरी पुस्तक सार्वजनिक गरेका हुन्। पुस्तकलाई वेदान्तअनुवादक तिलक लुइँटेलले लाेकर्पण गरेका थिए।

कार्यक्रममा घुम्ती कविताका अध्यक्ष रामकुमार पण्डित, गीतकार विसु केसी, कवि कृष्णप्रसाद बस्याल अनि कवि विनोद दाहाल वत्सलगायतले सिर्जना वाचन गरेका थिए।

भुँडीपुराण प्रकाशनबाट आएको पुस्तक, फरक रूपमा बालमनोविज्ञान बुझ्ने र बुझाउने साहित्यिक कडी हुनसक्ने लेखकको दाबी छ।

११ भदौ, २०७९, १९:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।