स्थानीय चुनावमा एमालेलाई अर्घाखाँचीमा 'फर्स्ट' बनाएका रायमाझी चौथो पटक सांसद बन्न सक्लान् ?

स्थानीय चुनावमा एमालेलाई अर्घाखाँचीमा 'फर्स्ट' बनाएका रायमाझी चौथो पटक सांसद बन्न सक्लान् ?

बुटवल: एमाले सचिव टोपबहादुर रायमाझी चौथो पटक अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्य चुनिने योजनामा छन्। २०६४, २०७० र २०७४ सालको निर्वाचनमा माओवादीबाट सांसद भएका रायमाझी यसपटक एमालेबाट सांसद हुने योजना बुनिरहेका छन्।

ऊर्जाशील समय माओवादीमा बिताएर नेकपा विभाजनसँगै एमाले भएका रायमाझी एउटा मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीका एमालेका एक्ला दावेदार हुन्।

तर रायमाझीलाई यसपटक चुनाव जित्न रोक्न गठबन्धन दलहरू कम्मर कसेर लाग्ने निश्चित छ। रायमाझीको भने जनमत बलियो छ। निर्वाचन जित्नमा उनले ‘ह्याट्रिक’ गरिसकेका छन्।

जिल्लामा मुख्य चर्चाको विषय चाहिँ रायमाझीसँग आउँदो निर्वाचनमा को भिड्ला? चुनावी परिणाम कस्तो आउला ? भन्ने छ।

०७४ सालअघि जिल्लामा दुई वटा निर्वाचन क्षेत्र थियो। त्यसबेला पनि रायमाझीले विजय हासिल गरेका थिए। ०६४ सालमा जिल्लाको क्षेत्र नं. १ बाट रायमाझी विजयी हुँदा क्षेत्र नं. २ बाट कांग्रेसकी पुष्पा भुसाल निर्वाचित भएकी थिइन्।

०७० सालमा रायमाझीले कांग्रेसका रामबहादुर बिसीलाई पराजित गरे। क्षेत्र नं. २ मा भने एमालेका डा. दुमन थापा निर्वाचित भएका थिए। थापाको हाल निधन भइसकेको छ। ०७४ सालमा पनि रायमाझीले कांग्रेसका बिसीलाई नै पराजित गरेका थिए।

तर यसपटक परिस्थिति बदलिएको छ। एमाले गठबन्धनविरुद्ध भिड्दै छ। त्यो भनेको रायमाझीले कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जसपाका साझा उम्मेदवारविरुद्ध भिड्नुपर्ने हुन्छ।

यसले अर्कोतर्फ चाहिँ अर्घाखाँचीको चुनावी माहोल तताएको छ। 

कांग्रेसमा अर्घाखाँचीबाट सांसद बन्न चार जनाभन्दा बढी आकांक्षी छन्। यसले टिकट वितरणमा समस्या हुने स्पष्ट छ।

यता रायमाझी जिल्लामा केन्द्रित भइसकेका छन्। उनले स्थानीय तहको निर्वाचनमा गठबन्धनविरुद्ध उभिएको एमालेलाई जिल्लामा उत्कृष्ट नजिता पनि दिलाइसकेका छन्। त्यसैले रायमाझीको विकल्प खोज्ने बेला अझै नआएको एमाले कार्यकर्ताहरू बताउँछन्। 

हालसम्म रायमाझीसँग कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान)ले निर्वाचन लड्ने तयारी गरेका छन्। कांग्रेस कार्यकर्तामाझ अत्यन्त लोकप्रिय मुस्कानले रायमाझीलाई टक्कर दिनसक्ने भएकाले गठबन्धनको साझा उम्मेदवार बनाउन अहिलेदेखि नै लबिङ सुरु गरेका छन्। 

यस्तै निर्वाचनमा रायमाझीसँग पराजित कांग्रेस नेताहरू डा. रामबहादुर बिसी, मानबहादुर विश्वकर्मा तथा वर्तमान उपसभामुख पुष्पा भुसाल, पूर्वमन्त्री रेवतीरमण भुसाल, लेखनाथ पोखरेलले पनि टिकटका लागि प्रयत्न गरिरहेका छन्।

माओवादी केन्द्रबाट केन्द्रीय सदस्य डिलाराम आचार्य पनि आकांक्षी छन्। गत निर्वाचनमा रुपन्देहीको ५ नम्बर क्षेत्रबाट पराजित आचार्य अहिले गृहजिल्लाको राजनीतिमा क्रियाशील छन्। 

गठबन्धनमा बार्गेनिङ भएर माओवादीको भागमा अर्घाखाँची परे आचार्य बलियो उम्मेदवार हुनेछन्।

यता रायमाझी जिल्लामा केन्द्रित भइसकेका छन्। उनले स्थानीय तहको निर्वाचनमा गठबन्धनविरुद्ध उभिएको एमालेलाई जिल्लामा उत्कृष्ट नजिता पनि दिलाइसकेका छन्। त्यसैले रायमाझीको विकल्प खोज्ने बेला अझै नआएको एमाले कार्यकर्ताहरू बताउँछन्। 

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले जिल्लामा पहिलो शक्ति बन्यो। अर्घाखाँचीका ६ स्थानीय तहमध्ये चार वटा पालिकाका प्रमुख र ५ वटा पालिकाका उपप्रमुखसहित बहुसंख्यक वडा एमालेले जितेको छ। 

कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले गठबन्धनको बलमा भए पनि यसपटकको निर्वाचनमा रायमाझीलाई सांसद बन्न रोक्ने बताउँछन्। 

जिल्ला समन्वय समितिमा समेत एकलौटी विजय हासिल गरेको एमालेका वडा अध्यक्षहरूले पाएको मत विश्लेषण गर्दा एमाले एक्लैको ४८ हजार २६० कांग्रेसको ३७ हजार ९२५, माओवादी केन्द्रको सात हजार ७९०, जनमोर्चाको चार हजार २९४ र नेकपा एकीकृत समाजवादीको तीन हजार ७६३ मत छ। 

जिल्लाका कुल ३१७ स्थानीय जनप्रतिनिधिमध्ये एमालेका १६६ उम्मेदवार विजयी भएका छन् भने ६१ वडामध्ये एमाले एकल चुनाव लडेर ३० वडामा जित निकालेको छ।

एमाले जिल्ला अध्यक्ष पिताम्वर भुसाल एमालेले यसपटक अर्घाखाँचीमा प्रतिनिधि सभाको एक र प्रदेश सभाको दुई वटै सिट आफ्नो कब्जामा ल्याउने दावी गर्छन्।

कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले गठबन्धनको बलमा भए पनि यसपटकको निर्वाचनमा रायमाझीलाई सांसद बन्न रोक्ने बताउँछन्। 

रायमाझीले जनताका न्यूनतम आवश्यकतामा समेत ध्यान नदिएकोले यसपटक जनताले रायमाझीको विकल्प खोजेको उनको भनाइ छ।

१० भदौ, २०७९, ०८:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।