बालेनको 'एक्सन अवतार'

बालेनको 'एक्सन अवतार'
तस्बिरहरू: काठमाडौं महानगरपालिका

काठमाडौंः अनधिकृत रूपमा बनाइएको संरचना हटाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सक्रियता देखाएका छन्। नक्सा पास गरिएको भन्दा बाहेकका संरचना हटाउन आज काठमाडौंका मेयर बालेन आफैँ खटेर निर्देशन दिइरहेका थिए।

काठमाडौं महानगरले यसअघि नै नक्सा पासबाहेकका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो। आज सूचनाको म्याद सकिएपछि महानगर प्रहरी र डोजरसहित मेयर बालेन आफैँ खटेर अवैध संरचना भत्काएका हुन्।

आज सुन्धारस्थित काठमाडौं मलअगाडिको संरचना, खिचापोखरीस्थित आरबी कम्प्लेक्सअगाडिको संरचना र न्यूरोड तथा दरबारमार्गका अन्य अवैध संरचना भत्काइएको छ।

भोलि कोटेश्वर क्षेत्रका अनधिकृत संरचना भत्काउने महानगरले जनाएको छ।

मेयर बालेनले आज अवैध संरचना जसले बनाए पनि त्यो कानूनको दायरामा ल्याइने बताउँदै काठमाडौं जिल्ला अदालतको अण्डरग्राउण्ड पार्किङ समेत खाली गराइने बताए।

जिल्ला अदालतले अण्डरग्राउण्ड पार्किङलाई अन्य प्रयोजनमा प्रयोग गरेकाले हाल फुटपाथ मिचेर पार्किङ भइरहेको छ।

महानगरले पार्किङका लागि नक्सा स्वीकृत गराएर अन्य प्रयोजनमा ल्याउने बेसमेन्ट, सेमी बेसमेन्ट र जमीन तलाका अनधिकृत संरचना हटाउन अभियान चलाएको छ।

८ भदौ, २०७९, २२:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।