केयूको प्रकृति तथा सामाजिक चिन्तन समाजले विभिन्न कार्यक्रमको आयोजना गर्ने

केयूको प्रकृति तथा सामाजिक चिन्तन समाजले विभिन्न कार्यक्रमको आयोजना गर्ने

काठमाडौंः काठमाडौं विश्वविद्यालयको प्रकृति तथा सामाजिक चिन्तन समाज (एनएससीएस)ले आफ्नो स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने भएको छ। एनएससीएसले यही भदौ ८ गते आफ्नो २१औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम तथा प्रतियोगिताको आयोजना गर्न लागेको हो।

काठमाडौं विश्वविद्यालयमा अध्यापन हुने महत्त्वपूर्ण विषय वातावरण विज्ञानमा अध्ययनरत विद्यार्थीहरूले सञ्चालन गरिरहेको विभागीय क्लब हो- एनएससीएस। क्लबले स्थापना कालदेखि नै पर्यावरणीय क्षेत्रमा कार्यक्रम गर्दै आएको छ। यस्तै प्रकृति मानवको मात्र नभई सबै प्राणीको साझा घर हो भन्ने वैज्ञानिक चेतको निर्माण गर्न पनि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ।

स्थापना दिवसलाई भव्य बनाउन यस क्लबले फोटोग्राफी, चित्रकला, म्याराथन, र सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

प्रकृति तथा सामाजिक चिन्तन समाजका अध्यक्ष सुजन बजगाईँका अनुसार एउटा मात्र पृथ्वी भन्ने नाराका साथ यो कार्यक्रम पर्यावरणीय क्षेत्रमा थप बहस उठान गर्नका निमित्त आयोजना गरिएको हो।

कार्यक्रमको उद्देश्य स्कुल र कलेजमा पढ्दै गरेका विद्यार्थीहरूलाई पर्यावरणको महत्त्व सजग गराउनु भएको बजगाईंले बताए।

५ भदौ, २०७९, १४:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।