भक्तपुरमा श्रीकृष्ण जन्माष्टमी : हात, काँध र टाउकोमा दीप बालेर नगर परिक्रमा [तस्बिरहरु]

भक्तपुरमा श्रीकृष्ण जन्माष्टमी : हात, काँध र टाउकोमा दीप बालेर नगर परिक्रमा [तस्बिरहरु]
तस्बिर : कृष्पा श्रेष्ठ

काठमाडौं : आज श्रीकृष्ण जन्माष्टमी। हिन्दु धर्मावलम्बीहरूले आज देशैभर भगवान श्रीकृष्णको पूजा-आराधना गरी कृष्ण जन्माष्टमी मनाएका छन्।

यही क्रममा भक्तपुरमा पनि नारायण दीप यात्रा गरी कृष्ण जन्माष्टमी मनाइएको छ। स्थानीयहरूले आफ्नो हात, काँध र टाउकोमा दीप बालेर भक्तपुर दरबार हुँदै नगर परिक्रमा गरेका थिए।

जन्माष्टमीका दिन कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजन-कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ।

 

३ भदौ, २०७९, २०:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।