७० वर्षभन्दा माथिका शिक्षकले चिकित्सा शास्त्र अध्यापन गराउन नपाउने

७० वर्षभन्दा माथिका शिक्षकले चिकित्सा शास्त्र अध्यापन गराउन नपाउने

काठमाडौं : ७० वर्ष बढी उमेरका शिक्षकहरूले चिकित्सा शास्त्रको स्नातक र स्नातकोत्तर तहमा अध्यापन गराउन नपाउने भएका छन्।

चिकित्सा शिक्षा आयोगको कार्यकारी समितिले ‘उच्च शिक्षा तहका शिक्षकको (फ्याकल्टी) न्यूनतम योग्यतासम्बन्धी मापदण्ड, २०७९’  पारित गरेसँगै ७० वर्षभन्दा बढी उमेरका शिक्षकले चिकित्सा शास्त्रमा अध्यापन गराउन नपाउने भएका हुन्।

शिक्षकको उमेर, योग्यता र पद लगायतका विषयमा एकरूपताका लागि मापदण्ड ल्याइएको नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए। स्वीकृत मापदण्डमा भएको उमेरको मापदण्ड पाँच वर्षपछि कार्यान्वयनमा आउने छ।

नयाँ मापदण्डको १४ नम्बर बुँदामा भनिएको, ‘ शिक्षक (फ्याकल्टी) को उमेर सम्बन्धी व्यवस्थाः अन्यत्र जेसुकै लेखिएको भए तापनि यो मापदण्ड लागू भएको पाँचवर्ष पछि चिकित्सा शिक्षा क्षेत्रमा कार्ययरत सबै विधाका शिक्षकको (शिक्षक (फ्याकल्टी) ) को उमेर ७० वर्षभन्दा बढी हुनेछैन।’

यसअघि नेपाल मेडिकल काउन्सिलले तोकेको शिक्षकको उमेर हद डेण्टल र बेसिक साइन्स विषयका लागि ७५ वर्ष र क्लिनिकल विषयका लागि ७३ वर्ष तोकेको थियो। सोही मापदण्डलाई आयोगले मान्दै आएको थियो।

३ भदौ, २०७९, १३:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।