तह र मर्यादा ख्याल गर्न निर्वाचन आयोगलाई शिक्षक महासंघको पत्र

तह र मर्यादा ख्याल गर्न निर्वाचन आयोगलाई शिक्षक महासंघको पत्र

काठमाडौं : नेपाल शिक्षक महासंघले निर्वाचन आयोगलाई शिक्षकको तह र मर्यादा ख्याल गर्न आग्रह गरेको छ।

महासंघले बिहीबार आयोगलाई लेखेको पत्रमा यसअघिको निर्वाचनमा शिक्षकलाई जिम्मेवारी दिँदा निजामती सेवाको समान तथा तल्लो तहको पदभन्दा पनि तल राखिएकोमा असन्तुष्टि व्यक्त गरेको छ।

महासंघले आयोगलाई निर्वाचनमा तह र मर्यादालाई ख्याल राखी सोही अनुसार निर्वाचन टोलीमा जिम्मेवारी दिन आग्रह गरेको छ।

आयोगलाई लेखिएको पत्रमा पत्रमा प्रावि तृतीय र खरिदार समान हुने, प्रावि द्वितीय, निमावि तृतीय र नायव सुब्बा समान हुने उल्लेख छ ।

यस्तै, प्रावि प्रथम, निमावि द्वितीय, मावि तृतीय र शाखा अधिकृत समान हुने, निमावि प्रथम, मावि द्वितीय र उपसचिव समान हुने तथा मावि प्रथम र सहसचिव एकै तहको हुने उल्लेख गरिएको छ ।

२ भदौ, २०७९, २१:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।