महाकालीसँगै माका, ख्याक र बेताल नृत्य

महाकालीसँगै माका, ख्याक र बेताल नृत्य

भक्तपुर : गत वर्ष कोरोना सङ्क्रमणका कारण भक्तपुरमा महाकाली नाच हुन सकेन। तर यो वर्ष भने युवाहरू जुटेरै नाच आयोजना गरे।

गाईजात्राको भोलिपल्टदेखि सुरु भएको नाच बुधवार सकियो। थिमीका युवाहरूले संस्कृति र परम्परा जोगाउँदै महाकाली नाचको आयोजना गरे।

महाकाली देवीले मानिसलाई दुष्टताबाट रक्षा गर्ने जनविश्वास रहेको छ। नृत्य चित्रणमा देवी महाकालीलाई केन्द्रीय पात्रको रूपमा देखाइन्छ। महाकालीसँगै महालक्ष्मी, कुमारी, सिंह, महिषासुर, भैरव, कावाङ्चा, माका, ख्याक र बेताल नृत्य समेत देखाइएको थियो।

१ भदौ, २०७९, १८:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।