आफ्नै इन्जिनियरिङ कलेज खोल्न गृहकार्य गर्दै नेपाली सेना

आफ्नै इन्जिनियरिङ कलेज खोल्न गृहकार्य गर्दै नेपाली सेना

काठमाडौंः नेपाली सेनाले इन्जिनियरिङ कलेज स्थापना गर्ने योजना बनाएको छ। दक्ष प्राविधिकहरू उत्पादनको लागि आफ्नै इन्जिनियरिङ कलेज स्थापना गर्नेगरी सेनाले योजना बनाएको हो।

यसका लागि गृहकार्य भइरहेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए। ‘इन्जिनियरिङ कलेज स्थापनाका लागि अवधारणागत योजना बनेको छ। त्यसको लागि होमवर्क भइरहेको छ’, उनले भने।

यस्तै कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन चरणको काम भइरहेको उनले बताए। 'अध्ययन रिपोर्ट आउन समय लाग्छ। त्यसपछि कहाँ खोल्ने कहिलेदेखि काम सुरु हुने, डिजाइन कस्तो बनाउने आदि प्रक्रिया अघि बढ्छ। यो कार्यको लागि अझै समय लाग्छ’, उनले भने।

सेनाले सीटीईभीटीअन्तर्गत डिप्लोमा तहसम्मको प्राविधिक शिक्षा भने पहिलेदेखि नै सञ्चालन गर्दै आएको छ।

३१ साउन, २०७९, १२:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।