राष्ट्रपतिले नागरिकता विधेयक किन फिर्ता गरेको अध्ययन गर्ने जिम्मा सरकारको : कांग्रेस प्रवक्ता

राष्ट्रपतिले नागरिकता विधेयक किन फिर्ता गरेको अध्ययन गर्ने जिम्मा सरकारको : कांग्रेस प्रवक्ता

काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नेपाली नागरिकता पाइसकेकाको अभिभावकको छोराछोरीलाई नागरिकता दिनुपर्ने संविधानको आशय र भावना संसदले नागरिकता विधेयकमार्फत कार्यान्वयन गरेको भन्दै राष्ट्रपतिले के कारण देखाएर विधेयक प्रमाणित नगरी फिर्ता गरेको जानकारी नभएको बताएका छन्।

उनले राष्ट्रपतिले के-के कारण देखाएर त्यो फिर्ता गर्नुभएको हो त्यसको अध्ययन गर्नुपर्ने र सरकारले त्यसको अध्ययन गरेर प्रतिक्रिया दिनुपर्ने बताए।

' राष्ट्रपतिज्यूले के-के कारण विधेयक फिर्ता गरेको हो त्योबारे जानकारी भएपछि हामी पार्टीको तर्फबाट आधिकारिक धारणा ल्याउने छौँ,' उनले भने।

३० साउन, २०७९, १३:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।