'वैवाहिक अङ्गीकृत नागरिकता त अहिले पनि पाइरहेकै छन्, विधेयक पास नभए आमाको नाममा र जन्मको आधारमा नपाउने हो'

'वैवाहिक अङ्गीकृत नागरिकता त अहिले पनि पाइरहेकै छन्, विधेयक पास नभए आमाको नाममा र जन्मको आधारमा नपाउने हो'

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैवाहिक अङ्गीकृत नागरिकताको विषय नागरिक विधेयकको नभएको बताएका छन्। राष्ट्रपतिले छलफलका लागि फिर्ता पठाएको विधेयक पारित नभए पनि वैवाहिक अगींकृत नागरिकता पाउन सक्ने भन्दै उनले यो व्यवस्था २०३८ सालदेखि कायम रहेको बताए।

उनले अहिलेको विधेयक पारित नभए संविधानमा रहेको प्रावधान अनुसार जन्मको आधारमा र आमाको नाममा नागरिकता दिन रोकिने भन्दै उनले अङ्गीकृतबारे अनावश्यक राजनीति भएको बताए।

उनले विवाह गर्नासाथ नागरिकता पायो भन्ने विषय विधेयकको विषय नै नभएको बताए। उनले विधेयक पास नभए पनि विवाहको आधारमा पाउने अगींंकृत नागरिकता पाउन रोक्न नसक्ने भन्दै यो विधेयकले नेपालमा जन्मिएर नागरिकता नपाएकाहरू र आमाको नाममा पनि नागरिकता दिने सम्बन्धमा सम्बोधन गरेको प्रतिक्रिया दिए।

 

३० साउन, २०७९, १३:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।