'लाल सिंह चड्ढा' को पहिलो दिनको कलेक्सन निराशाजनक

'लाल सिंह चड्ढा' को पहिलो दिनको कलेक्सन निराशाजनक

काठमाडौं : लामो विवादका बीच आमिर खानको बहुप्रतिक्षित फिल्म 'लाल सिंह चड्ढा' आज रिलिज भयो। तर निकै ठूलो हल्लाखल्ला गरिएको यो फिल्मको पहिलो दिनको कमाइ भने निराशाजनक रहेको छ।

फिल्मले पहिलो दिन जम्मा १२ करोड रुपैयाँ मात्र कलेक्सन गरेको छ। यो कलेक्सन निकै कम मानिन्छ।

आमिर खान र करिना कपुर जस्ता स्टार अभिनित फिल्मको यति थोरै कलेक्सन हुनुलाई हिन्दी बक्स अफिसका लागि ठूलो झट्का भनेका भारतीय सञ्चार माध्यमहरुले।

यसअघि रिलिज भएको आमिर खानको फिल्म 'ठग्स अफ हिन्दुस्तान' पनि बक्स अफिसमा फ्लप भएको थियो। तर सो फिल्मले पहिलो दिन ५२ करोड रुपैयाँ कलेक्सन गरेको थियो। यस हिसाबले लाल सिंह चड्ढा पनि हिट हुनेमा फिल्म समीक्षकहरुले आशंका गरेका छन्।

२७ साउन, २०७९, २०:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।