शनिवार कांग्रेस कार्यसम्पादन बैठक

शनिवार कांग्रेस कार्यसम्पादन बैठक

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिवार बिहानका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। सभापति देउवाले शनिवार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएका हुन्।

आगामी निर्वाचन तयारी, निर्वाचन प्रयोजनका लागि दल दर्ता, भदौ २ देखि २४ गतेसम्म देशव्यापी सञ्चालन हुने सङ्गठन सुदृढीकरण अभियानका लागि बैठक बोलाइएको हो।

बैठकमा साउन ३० र ३१ गते हुने जनप्रतिनिधिको भेलाको विषयमा छलफलको तयारी गरिएको छ।सरकारले आगामी मङ्सिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घोषणा गरेको छ।

२७ साउन, २०७९, १९:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।