भक्तपुरमा गाईजात्राको आकर्षण- 'घिन्ताङ घिसी ट्वाक' [तस्बिरहरु]

भक्तपुरमा गाईजात्राको आकर्षण- 'घिन्ताङ घिसी ट्वाक' [तस्बिरहरु]

काठमाडौं : देशैभर मनाइने गाईजात्रा पर्व आज भक्तपुरमा पनि उल्लासका साथ मनाइएको छ। गाईजात्रालाई नेवारी भाषामा 'सपरु' भनिन्छ। एक वर्षभित्र मृत्यु भएका परिवारका सदस्यलाई सम्झिँदै उनीहरुको तस्बिरसहित गाईजात्रा निकालिन्छ।

ठाउँ अनुसार गाईजात्रा मनाउने तरिका फरक छन्। त्यही अनुरुप भक्तपुरको गाईगात्राको मुख्य आकर्षण भनेको घिन्ताङ घिसी नाच हो। भक्तपुरमा गाईगात्रा निकाल्दा 'घिन्ताङ घिसी ट्वाक' भनेर गीत गाउँदै नाँच्ने चलन छ।

यो पर्व भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन चल्छ। मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्नो इलाकामा परिक्रमा गराइने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा पनि छ।

 

२७ साउन, २०७९, १७:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।