उकेरा न्युज

राष्ट्रपति भवन अगाडि निहारिकाको आत्मदाह प्रयास


काठमाडौं : न्याय माग्दै आमरण अनसन बसेकी निहारिका राजपुतले आज राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरेकी छिन्।

दुई वर्षको छोरासहित शीतल निवास अगाडि पुगेकी निहारिकाले त्यहाँ पुगेर शरीरमा पेट्रोल खन्याएकी थिइन्। पेट्रोल खन्याएर आगो लगाउन खोज्दाखोज्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनले यही साउन २० गतेदेखि न्यायको माग गर्दै आमरण अनसन सुरू गरेकी थिइन्। बसन्तपुर डबलीमा अनसन बसिरहेकी निहारिकाले आफ्नो मागको सुनुवाइ नभएको भन्दै आत्मदाहको योजना बनाएकी हुन्।

निहारिका आज बसन्तपुरबाट प्रहरी नभएको मौका छोपी एक जना साथीसहित ट्याक्सी चढेर शीतल निवास पुगेकी थिइन्।

उनी आफ्नो बच्चाको डिएनए जाँच गरिनुपर्ने माग राख्दै अनसन बसेकी हुन्। घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ। गत आइतबार बिहान सर्वोच्च अदालत परिसरबाट पनि उनी पक्राउ परेकी थिइन्।

आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्बिर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको निहारिकाको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कोरोनाका ३५ विरामी थपिए

पछिल्लो २४ घण्टामा देशभर गरिएको १ हजार ४४९ नमूना परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यस अवधिमा....

निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने

आयोगले पर्यवेक्षणका लागि गरेको आह्वानअनुसार आवेदन दिई स्वीकृति प्राप्तमध्ये ४३ वटा स्वदेशी संस्थाले पेश गरेका आँकडा अनुमान गर्दा करिब २० हजार पर्यवेक्षक हुने आयोगका सहप्रवक्ता....

समानुपातिक बन्दसूचीबाट उम्मेदवारी फिर्ताको लागि २९ जनाले दिए आवेदन

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको लागि समानुपातिक बन्दसूचीबाट प्रतिनिधिसभा सदस्यतर्फ ९ र प्रदेशसभातर्फ २० जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन....

६८ वर्षमै प्रतिनिधि सभा निर्वाचन नलड्ने बाबुराम भट्टराईको घोषणा 

उनले लेखेका छन्, ‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।’ २०६४ र २०७० को संविधानसभा र....

राष्ट्रपतिद्वारा पलाञ्चोक भगवती मन्दिरमा दर्शन र पूजा

उनी नेपाली सेनाको हेलिकप्टरबाट वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा अवतरण गरी बिहान १० बजे मन्दिर परिसर  पुगेकी थिइन्। राष्ट्रपति भण्डारीले करिब १५ मिनेट पलाञ्चोक भगवतीको....