आज ७ सय ८१ लाई कोरोना पुष्टि, दुई जनाको मृत्यु

आज ७ सय ८१ लाई कोरोना पुष्टि, दुई जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ७  सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जना संक्रमितको मृत्यु भएको छ।

४ हजार ७ सय १२ जनाको परीक्षण गर्दा ७ सय ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २ हजार २ सय १९ जनाको पीसीआर परीक्षण गर्दा ४१९ जना र २ हजार ४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको हो।

अहिलेसम्म नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ७५ पुगेको छ। पछिल्लो २४ घण्टामा ५ सय ११ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

२७ साउन, २०७९, १५:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।