छाडा चौपायाका कारण सडक दुर्घटना बढेपछि रिफ्लेक्टिभ स्टिकर बाँध्न सुरु

छाडा चौपायाका कारण सडक दुर्घटना बढेपछि रिफ्लेक्टिभ स्टिकर बाँध्न सुरु

बुटवलः तिलोत्तमाका छाडा पशु चौपायालाई रिफ्लेक्टिभ स्टिकर (राति चम्कने फित्ता) बाँध्न सुरु गरिएको छ। सडकमा जथाभावी छोडिएका पशु चौपायाहरूले गर्दा रातको समयमा सडक दुर्घटना बढ्दै गएका कारण तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले स्टिकर लगाउने अभियान सुरु गरेका हुन्।

सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगको सहकार्यमा रिफ्लेक्टिभ स्टिकर बाँध्न सुरु गरिएको हो।

छाडा पशु विषेशगरी गाईलाई तिलोत्तमा नगरले गौशालामा पनि व्यावस्थापन गर्दै आएको छ। गौशालामा लान छुटेका र बाहिरबाट आएर सडकको छेउछाउमा जथाभावी हिँडडुल गर्ने पशुले गर्दा दुर्घटना बढ्ने गरेको हुँदा टाढैबाट स्पष्ट देखिने रिफ्लेक्टिभ स्टिकर लगाइएको नगर प्रमुख खाँणले बताए।

यो अभियान निरन्तर चल्ने पनि खाँणले जानकारी दिए।

२७ साउन, २०७९, १२:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।