अभिनेता अनुपविक्रम शाहीको नयाँ पहिचान- 'कांग्रेस कार्यकर्ता'

अभिनेता अनुपविक्रम शाहीको नयाँ पहिचान- 'कांग्रेस कार्यकर्ता'

काठमाडौंः अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन्। आज बिहान एक कार्यक्रमका बीच अनुपले कांग्रेस पार्टीको सदस्यता लिएका हुन्।

उनलाई गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले पार्टीमा भित्र्याएका हुन्। गृहमन्त्री खाँणले अनुपलाई पार्टीको सँगसँगै नेपाल तरुण दलको सदस्यता समेत दिएकाले अब अनुपको नयाँ पहिचान अभिनेताबाट 'कांग्रेस कार्यकर्ता' को भएको छ।

अनुपले पार्टी प्रवेश कार्यक्रममा कांग्रेसले नेपालमा लोकतन्त्रका लागि संघर्ष गरेको सुन्दै आएको र आफैँले बुझ्दै जाँदा पनि अन्य पार्टीभन्दा कांग्रेस नै ठीक लागेको बताए।

यस्तै थुप्रै अग्रज कलाकार कांग्रेसमा भएको र कांग्रेसले कलाकारलाई सम्मान गर्ने भएकाले पार्टी प्रवेश गरेको उनले बताए।

वीर विक्रम, पुरानो बुलेट, लिलिबिली लगायत थुप्रै चलचित्रमा काम गरिसकेका अनुप हिमालयन रोडिजका निर्णायक समेत हुन्।

२७ साउन, २०७९, १०:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।