बोर्ड अध्यक्ष हुन योग्यता नपुग्ने भन्दै भुवन केसी विरुद्ध सर्वोच्चमा रिट

बोर्ड अध्यक्ष हुन योग्यता नपुग्ने भन्दै भुवन केसी विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति विरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

बोर्डको अध्यक्ष हुन शैक्षिक योग्यता नपुग्ने भन्दै अभिनेता केसी विरुद्ध नरेश पौडेल लगायतले रिट दर्ता गरेका हुन्।

साउन ९ गते बसेको मन्त्रिपरिषद बैठकले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। 

यौन दुर्व्यवहारको आरोप लागेका केसीलाई विकास बोर्डको अध्यक्ष बनाएको भन्दै उनको नियुक्ति विवादित भएको थियो। 

दुई वर्षअघि अभिनेत्री साम्राज्य राज्यलक्ष्मी शाहले उनलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। 

शाहले लगाएका आरोपले आफ्नो मानहानी भएको भन्दै केसीले १० करोड क्षतिपूर्ति माग जिल्ला अदालतमा मुद्दा दिएका थिए।

२६ साउन, २०७९, १८:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।