आज कोरोनाबाट ८ सय १५ संक्रमित पाँच जनाको मृत्यु

आज कोरोनाबाट ८ सय १५ संक्रमित पाँच जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट ८ सय १५ जना संक्रमित भएका छन् भने पाँच जनाको मृत्यु भएको छ।

बुधबार तीन जनाको मृत्यु भएकोमा आज पाँच जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका ४ हजार ५३४ जनाको परीक्षण गर्दा ८ सय १५ जनामा संक्रमण पुष्टि भएको हो।

२ हजार ४ सय ११ जनाको पिसिआर परीक्षण गर्दा ४६५ जना र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा संक्रमण देखिएको छ। सोही अवधिमा ४७६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

२६ साउन, २०७९, १७:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।