विपन्न क्यान्सरका बिरामीको उपचार गर्न आइएमई जनरल इन्स्योरेन्सको सहयोग

विपन्न क्यान्सरका बिरामीको उपचार गर्न आइएमई जनरल इन्स्योरेन्सको सहयोग

काठमाडौँ : कमजोर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरूको निःशुल्क रूपमा उपचारका लागि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नेपाल क्यान्सर हस्पिटल ललितपुरलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  दुई लाख पचास हजार सहयोग गरेको छ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई चेक हस्तान्तरण गरेका थिए।

सोही अवसरमा अस्पतालबाट आर्थिक रूपले विपन्नलाई क्यान्सर जस्तो घातक रोग लाग्दा निःशुल्क रूपमा उपचार गर्ने कार्य गरेकोमा नेपाल क्यान्सर हस्पिटलका शेयर धनी तथा व्यवस्थापन समूहलाई धन्यवाद दिँदै पुण्य कार्यमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट आर्थिक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए।

२६ साउन, २०७९, १३:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।