पूर्वनिर्धारित तालिकाभन्दा कतार विश्वकप एकदिनअघि नै सुरु हुने, यस्तो छ कारण

पूर्वनिर्धारित तालिकाभन्दा कतार विश्वकप एकदिनअघि नै सुरु हुने, यस्तो छ कारण

एजेन्सीः सन् २०२२ को सर्वाधिक प्रतीक्षा गरिएको खेल प्रतियोगिता हो- विश्वकप फुटबल। एसियाली मुलुक कतारमा आयोजना हुने यस प्रतियोगिताको उद्घाटन मिति २१ नोभेम्बर थियो।

तर हालै गरिएको निर्णयअनुसार एकदिनअघि उद्घाटन खेल हुने भएको छ। पहिलो खेल आयोजक राष्ट्र कतार र इक्वेडरबीच अब २० नोभेम्बरमा हुने भएको छ।

तर तीन महिना बाँकी हुँदा तालिका किन संशोधन गरियो त?

पहिलेको तालिकाअनुसार कतार र इक्वेडरबीचको उद्घाटन मानिएको खेलअघि नै दुईटा खेल हुने तालिका छ। यसले धेरैलाई अलमलमा पार्यो। विश्वकपको इतिहासमा सन् २००६ देखि आयोजक राष्ट्रले पहिलो खेल खेल्ने गरेको छ।

कतारको खेलअघि नै नेदरल्याण्डस् र सेनेगलबीचको खेल र इङ्गल्याण्ड र ईरानबीच खेल हुने तालिका भएकाले यो अलमल हटाउन र परम्परा कायम राख्न खेल तालिका संशोधन गरिएको हो।

यद्यपि, यो तालिका परिवर्तनका लागि फिफाको काउन्सिल ब्यूरोले सहमति दिनुपर्दछ।

२६ साउन, २०७९, १०:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।