बुटवलको सडक वर्षौँदेखि अलपत्र पार्ने ठेकेदार कम्पनी चोख्याउन मेयर खेलराजको खेल

बुटवलको सडक वर्षौँदेखि अलपत्र पार्ने ठेकेदार कम्पनी चोख्याउन मेयर खेलराजको खेल

पछि उनी निर्वाचित भए। विजयको माला लगाउँदै फेरि बोले– ‘चौराहदेखि चिडिया खोलासम्मको सडक तत्काल बनाउनेछौँ।’

संघ अन्तर्गत बनिरहेको सडकलाई त्यसबेला पनि पाण्डेले आफैँ बनाउने जसरी निर्णय सुनाए।

लगत्तै जेठको दोस्रो साता बुटवलको सडकमा ठेकेदार कञ्चनजंगा विरुवा जेभीले काम थाल्यो। पाण्डे एकाएक चर्चामा आए। 

कार्यकर्ताले पनि पाण्डेले सडक बनाउन लागेको चर्चा चलाए। यतिसम्मकी बिहान पाण्डे सडकमा देखिन्थे। एमालेबाट निर्वाचित सावित्रा अर्याल राति सडकमा देखिन्थिन्।

स्रोतका अनुसार चुनावअघि बुटवलको सडकको काम नगर्न ठेकेदारलाई साथ दिएका पाण्डेले अहिले त्यसैको गुन तिरेका हुन्।

असारसम्मको म्याद पाएको ठेकेदार कम्पनीले म्याद थप गर्ने योजना अनुसार काम थाल्दा ‘जस’ पाण्डेले पाएका थिए। अहिले त्यही ठेकेदारले काम नगर्दा पाण्डेलाई टोक्नु न बोक्नु भएको छ।

निर्वाचनको बेला आफैँले काम गर्न रोकेका पाण्डेले अहिले भित्रभित्रै त्यही ठेकेदारलाई म्याद थप गराउन लबिङ गरिरहेको कतिपयले आरोप लगाएका छन्।

ठेकेदारले अस्पताल लाइनको पूर्वतर्फको मेन कज्वेको ५ सय मिटर सडक कालोपत्रे गरेपछि अहिले काम ठप्प छ। पहिले सडकमा स्थानीयको अवरोधमा साथ दिएका नगरप्रमुख पाण्डेले पछि निर्माण कम्पनीको ढिलासुस्तीमा साथ दिएर दोहोरो चरित्र निभाइरहेका छन्।

काठ ठप्प भएको भन्दै कालोसूचीमा राख्न आवाज उठाउने उनै मेयर पाण्डेले अहिले भने बुटवलको सडक निर्माण गर्ने ‘बदनाम’ ठेकेदारलाई छलफलमा बोलाएर सफाइको मौका दिएका छन्।

कहिले निर्माण व्यवसायीको आलोचना गर्ने, कहिले म्याद थप गर्न नेताहरू मार्फत लबिङ गर्ने पाण्डेले अहिले फेरि कालोसूचीमा राख्न माग गरेका ठेकेदारलाई पुनः सफाइको मौका दिएका हुन्।

स्रोतका अनुसार चुनावअघि बुटवलको सडकको काम नगर्न ठेकेदारलाई साथ दिएका पाण्डेले अहिले त्यसैको गुन तिरेका हुन्।

बुटवल-बेलहिया सडक निर्माणको काम समयमा सम्पन्न नगरेका कारण स्थानीयले ठेक्का सम्झौता खारेज गरी ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न माग गरिरहेका थिए। 

तर बुटवल उपमहानगरपालिकाले स्थानीयसहित नियमन गर्ने निकायलाई एकैठाँउमा बोलाएर ठेकेदार कम्पनीलाई समयमा काम गर्न नसक्नुको कारण खुलाउने मौका प्रदान गर्यो।

ठेकेदार श्रेष्ठले पटक पटक आफूले काम गर्न नसक्ने जानकारी दिए पनि आफूलाई जबर्जस्ती काम गर्न लगाइएको पनि बताए।

बुटवल राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको साढे तीन किलोमिटर र बेलहिया नाकादेखि देवकोटा चोकसम्मको अलपत्र सडक बन्नुमा के कारण ढिला भयो भनेर स्पष्टीकरण दिन बुटवल उपमहानगरले सरोकारवालाबीच अन्तरक्रिया राखेर ठेकेदार कम्पनीलाई चोख्याउन खोजेको हो।

बुटवल र सिद्धार्थनगर नगरपालिकाका प्रमुखसहितको दुई वटा समिति गठन गरी ठेकेदार कम्पनीलाई काम गराउने र सात/सात दिनमा प्रगति रिपोर्ट तयार गरेर स्थानीय पालिकासहित जिल्ला प्रशासन कार्यालयमा जानकारी दिने लिखित सहमति समेत गरिएको छ।

बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिकाको कार्यालयले सोमबार बुटवलमा बेलहिया-बुटवल-गोलपार्क व्यापारिक सडक विस्तार आयोजनाका सन्दर्भमा सरोकारवालाहरूको अन्तरक्रिया पछि यस्तो सहमति भएको हो।

कार्यक्रमको सुरुमा निर्माणका सरोकारवालाहरू एक अर्काबीच आरोपप्रत्यारोपमा व्यस्त देखिए पनि अन्त्यमा मौजुदा ठेकेदार कम्पनी जेभी कञ्चनजङ्गा बिरुवा कन्स्ट्रक्सनलाई काम गर्न दिने सहमति भएको हो।

लामो समय सम्पर्कविहीन रहेको ठेकेदार कम्पनीका संचालक सुमित श्रेष्ठले अन्तरक्रिया कार्यक्रममा उपस्थित भएर केही स्थानीयले साइट क्लियर नगरिदिएका कारण समयमा काम सम्पन्न नभएको भन्दै विद्युत, खानेपानी, टेलिकम र स्थानीयलाई दोष लगाए। 

ठेकेदार श्रेष्ठले पटक पटक आफूले काम गर्न नसक्ने जानकारी दिए पनि आफूलाई जबर्जस्ती काम गर्न लगाइएको पनि बताए।

श्रेष्ठले सडकको अस्पताल, साइट ड्रेन निर्माण, ड्रेन कभर, सब बेस वर्क लगायतका काम असोजसम्म पूरा गर्ने प्रतिबद्घता जनाए। 

उनले भदौ महिनाभरिमा बुटवलको ३० प्रतिशत काम सक्ने प्रतिबद्धता जनाए।

पाँच वर्षसम्म काम गर्न बाधा आएको र २०७८ माघमा भीओसहित कामको डिजाइन परिवर्तन भएर आएका कारण काम सम्पन्न गर्न ढिलाइ भएको उनले बताए। ‘४५ करोडको ठेक्का ५३ करोड बढेर आएको छ’, उनले भने।

कार्यक्रममा बुटवलका मेयर पाण्डेले मुख्य सडककै कारण बुटवलबासी हुँ भन्न पनि लाज लाग्ने अवस्था आएको बताए।

०७३ मै ठेक्का सम्झौता भएको सडक निर्माणमा स्थानीयको अवरोधले केही समय काम रोकिएको थियो। अदालती प्रक्रिया पूरा भएपछि मात्र सडक निर्माण गर्न पाउने गरी पुनः काम सुरु भएको थियो।  

जनतामा आक्रोश बढेको र जनप्रतिनिधि भएर सडकमा जान नसक्ने अवस्था उत्पन्न भएको भन्दै उनले 'सिक्स लेन सडक'को पहिलो पक्ष आयोजना भएको भन्दै यसको निर्माण गर्न नसक्ने भए ठेकेदार कम्पनीलाई विश्वास गर्न नसकिने अवस्था आएको बताए।

सिक्स लेन सडक आयोजनाका प्रमुख दीपक झाले सुरुमा अदालती बाधा र फेरि निर्माण कम्पनीका कारण धेरै लामो बाधा भएका कारण काममा ढिलाइ भएको बताए।

बुटवल चौराह–गोलपार्क सडक निर्माण समयमै नगरेर अस्तव्यस्त बनाएको निर्माण कम्पनीले बेलहिया नाकामा ७५० मिटर सडकमा अस्फाल्ट पिच गर्ने काम बाँकी राखेको छ। पडसरीमा पनि केही वर्षदेखि काम अलपत्र छ। 

२०७८ असार १८ गते प्रमुख जिल्ला अधिकारीको संयोजनमा सरोकारवाला सरकारी निकाय र निर्माण कम्पनीबीच भएको बैठकमा १० दिनभित्र बेलहिया र पडसरीको बाँकी काम सक्ने निर्माण कम्पनीका प्रतिनिधिले लिखित प्रतिबद्धता जनाएका थिए। तर त्यो प्रतिबद्धता कार्यान्वयन भएन। 

चौराहा–गोलपार्क सडकको काम पनि २०७९ असार मसान्तसम्म सक्ने गरी द्रुत गतिमा गर्ने सहमति भएको थियो। सहमतिलाई बेवास्ता गरेर निर्माण कम्पनी राजनीतिक लबिङमा लागेको छ।

०७३ चैत १२ मा साढे तीन किमि खण्ड ३० महिनामा पूरा गर्नेगरी बुटवल चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणका लागि सम्झौता भएको थियो। 

०७३ मै ठेक्का सम्झौता भएको सडक निर्माणमा स्थानीयको अवरोधले केही समय काम रोकिएको थियो। अदालती प्रक्रिया पूरा भएपछि मात्र सडक निर्माण गर्न पाउने गरी पुनः काम सुरु भएको थियो। 

०७५ वैशाख १२ मा अदालतको आदेशले सडक निर्माणको बाटो खुलेपछि ०७७ जेठमा पूरा गर्नेगरी पहिलोपटक म्याद थपिएको थियो।

यस अवधिमा पनि काम पूरा नभएपछि निर्माण कम्पनीको निवेदनअनुसार ०७७ पुस १० मा मन्त्रिपरिषद् बैठकले ०७९ असार मसान्तसम्मका लागि म्याद थपेको थियो। तर पनि काम सम्पन्न नभएपछि अहिले ठेकेदारले म्याद थप गरेर काम अगाडि बढाउँदै छ।

ठेक्का तोड्ने सूचना नाम मात्र
बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाले बुटवलको सडक विस्तारको ठेक्का तोड्ने चेतावनी दिए पनि अन्ततः सफाइको मौका दिएपछि चेतावनी नाम मात्रको भएको छ। 

ठेकेदार कम्पनीले म्याद थपका लागि लबिङ गरिरहेका बेला आयोजनाले ठेक्का तोड्ने चेतावनी दिएको थियो। 

आयोजनाले सूचना प्रकाशित गर्दै ६ वर्षसम्म पनि सडक विस्तारको काम पूरा नगरेको भन्दै स्पष्टीकरणसहित ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएको थियो। 

आयोजनाले प्रकाशित गरेको सार्वजनिक सूचनामा बेलहिया–बुटवल ठेक्का सम्झौता अन्त्य किन नगर्ने? भन्दै प्रश्न गरिएको थियो।

२६ साउन, २०७९, ०८:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।