सर्वोच्चसँग रिसाए बालेन, सञ्जालमा गरे टिप्पणी

सर्वोच्चसँग रिसाए बालेन, सञ्जालमा गरे टिप्पणी

बुधवार अदालतले अस्पतालको रिटको सुनुवाइ गर्दै तत्काल नभत्काउन अल्पकालीन आदेश दिँदै दुबै पक्षलाई सोमबार छलफलमा बोलाएको थियो। अदालतको सो आदेशप्रति सामाजिक सञ्जालमा लेख्दै उनले आक्रोश पोखेका छन्।

उनले फेसबुकमा ‘नक्सा पास नगरी बनाएको संरचनाहरूलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ’ लेखेका छन्।

अदालतले बुधवार अल्पकालीन आदेश दिँदै भत्काउनुपर्दाको कारणसहित अदालतमा आउन भनेको हो। अन्तिम आदेश जारी गरेको हैन।

अल्पकालीन आदेश अनुसार इजलासमा बोलाएको समयमा भत्काउनुपर्दाको कारण प्रमाणसहित इजलासमा पेस गरेर अदालतबाट महानगरको प्रयास कानुनसम्मत रहेको प्रमाणित गर्न सक्ने बाटो खुल्ला रहे पनि उनले सामाजिक सञ्जालमा अदालतको आलोचना गरेका छन्। अदालतले यसलाई गम्भीर रूपमा लिए उनीमाथि अदालतको मानहानिमा अदालतले प्रक्रिया अगाडि बढाउन सक्छ।

२५ साउन, २०७९, २२:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।