सुदूरपश्चिममा भारतबाट फर्किएका ४२ मा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा भारतबाट फर्किएका ४२ मा कोरोना सङ्क्रमण

काठमाडौं : सुदूरपश्चिम प्रदेशमा एकै दिन ८४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। सङ्क्रमण देखिनेमा सबैभन्दा बढी कञ्चनपुरका ४२, कैलालीका ३३, अछामका चार, दार्चुलाका दुई र बझाङ, डोटी र बैतडीका एक/एक रहेका छन्। 

तीमध्ये भारतबाट फर्किएका ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो। गड्डाचौकी नाकाबाट फर्किएका २३, गौरीफन्टा नाकाबाट १६, पुलघाट नाकाबाट दुई र झुलाघाट नाकाबाट फर्किएका एक जनामा सङ्क्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। 

यो प्रदेशका भारतसँग सीमा जोडिएका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर नाकामै कोरोना परीक्षण कार्य जारी रहेको छ।

सुदूरपश्चिममा हालसम्म पाँच लाख ६५ हजार सात सय ९२ को कोरोना परीक्षण गरिएकोमा ६० हजार पाँच सय ११ मा सङ्क्रमण देखिएको छ। सङ्क्रमणका कारण हालसम्म ६ सय ३४ को ज्यान गइसकेको छ।

२५ साउन, २०७९, ०७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।