राष्ट्राध्यक्षलाई दर्शन दिन कलश बनेर काठमाडौँ आए चाँगुनारायण

राष्ट्राध्यक्षलाई दर्शन दिन कलश बनेर काठमाडौँ आए चाँगुनारायण

काठमाडौँ : हरेक वर्षको  चाँगुनारायणमा रहेको कलश काठमाडौँमा ल्याएर हनुमान ढोका भित्र्याइन्छ। राष्ट्राध्यक्षलाई चाँगुनारायणको दर्शन गराउन ल्याएको कलश राष्ट्रपतिले दर्शन गर्नेछिन्। मङ्गलवार हनुमान ढोकामा कलश भित्र्याउन  अगाडि कुमारी घरबाट कुमारी बाहिर आएर कलशको दर्शन गरेकी थिइन्।

साउन शुक्ल द्वादशी र पौष शुक्ल पूर्णिमा गरी वर्षको दुई पटक चाँगुनारायणको कलश यात्रा हुने गर्छ। गद्दीमा रहेका राजालाई चाँगुनारायणको दर्शन गराउन कलश यात्रा गर्ने परम्परा सुरु भएको हो। गणतन्त्र आएपछि राष्ट्र प्रमुखका रूपमा राष्ट्रपतिलाई कलश दर्शन गराउने गरिएको छ।

कलश यात्रा चाँगुनारायणदेखि मुलपानी, बौद्ध, चाबहिल, डिल्लीबजार, रानीपोखरी हुँदै हनुमान ढोका दरबार र राष्ट्रपति भवनसम्म पुर्याइन्छ। मङ्गलवार हनुमान ढोकामा कलश राखिएको छ।

कलश यात्रामा सहभागीहरू निराहार व्रत बसेर खाली खुट्टा हिँड्नु परम्परा रहेको छ। पानी परे पनि छाता ओढ्न पाइँदैन।

कलश यात्रा रानीपोखरी छेउ पुगेपछि त्यहाँ रहेको मन्दिरमा कलशलाई प्रतिस्थापन गरेर हनुमान ढोका दरबारदेखि आएका गुरुजुको पल्टनसहितको टोलीले विशेष पूजा गरेपछि तोपको सलामी दिएर हनुमान ढोका दरबार लगिएको थियो।

२४ साउन, २०७९, २२:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।