मेयर बालेनले नर्भिकलाई दिएको २४ घन्टे अल्टिमेटम फ्लप खायो, भत्किएन अवैध संरचना

मेयर बालेनले नर्भिकलाई दिएको २४ घन्टे अल्टिमेटम फ्लप खायो, भत्किएन अवैध संरचना

काठमाडौँ : भाडामा लिएको सरकारी जग्गामा अनुमति नलिई नर्भिक अस्पतालले बनाएको संरचना भत्काउन गएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह रित्तै फर्किए।

क्यान्टिन लगायतका संरचना अनुमति नलिई बनाएको भन्दै महानगरले सोमबार २४ घन्टे लिखित अल्टिमेटम दिएको थियो। नर्भिकले नभत्काएपछि मङ्गलवार बालेन आफै नर्भिक गएका थिए।

तर अस्पताल व्यवस्थापनले सरकारसँग भाडामा लिएको जग्गामा बनाएको संरचना नभत्काउने जवाफ दिएको थियो। व्यवस्थापनले महानगरले अबैध संरचना बनाएको दाबी गरेको स्थानमा अक्सिजन प्लान्ट रहेको बताएको थियो। साथै उसले सरकारसँग लिजमा लिदाको सर्त अनुसारै काम गरेको दाबी समेत गरेको थियो।

त्यसपछि मेयर बालेनले सो संरचनाबारे अस्पताल र महानगर दुबैको प्रतिनिधी रहने गरी अध्ययन गर्न समिति बनाउने र समितीको प्रतिवेदनपछि कार्यान्वयन गर्ने भन्दै नर्भिकबाट हिडेका थिए। 

नर्भिकले एक रोपनी बढिजग्गा भाडामा लिएर संरचना बनाएको छ। जग्गा भाडामा समेत विवाद हुने गरेको छ।

२४ साउन, २०७९, १५:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।