काठमाडौंको फोहोर बोकेर गएका १४ टिपर, दुई डोजर र एक एक्स्‌काभेटरमा तोडफोड

काठमाडौंको फोहोर बोकेर गएका १४ टिपर, दुई डोजर र एक एक्स्‌काभेटरमा तोडफोड
फाइल तस्बिर

काठमाडौंः बञ्चरेडाँडा ल्याण्डफिल साइटमा काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरू तोडफोड गरिएको छ। सोमबार राति करिब ९ बजेतिर १४ वटा टिपरसहित अन्य सवारी साधन तोडफोड भएको हो।

यस्तै दुई वटा डोजर र एउटा एक्स्‌काभेटर पनि तोडफोड भएको छ।

गाडी तोडफोड गर्ने अज्ञात समूहबारे महानगरको आग्रहमा प्रहरीले अनुसन्धान गर्दैछ।

सोमबार फोहोर विसर्जन गर्न गएका गाडीहरूलाई स्थानीयले अवरोध गरेका थिए। यद्यपि, प्रहरीको सहायतामा केही फोहोर फालिएको थियो। यिनैमध्ये केही गाडी फोहोर भने फाल्न नसकिएपछि त्यहीँ पार्क गरेर राखिएको थियो।

धादिङ र नुवाकोट जिल्लाको सिमानामा पार्क गरेर राखिएका तिनै गाडीहरू तोडफोड भएको हो।

२४ साउन, २०७९, १२:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।