यी आठमध्ये एक कृतिले पाउनेछ यस वर्षको 'मदन पुरस्कार'

काठमाडौंः मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कारका लागि छनोट भएका आठ वटा कृतिहरू सार्वजनिक गरेको छ। आज एक प्रेस विज्ञप्तिमार्फत गुठीले २९९ मध्ये आठ कृतिलाई श्रेष्ठ सूचीमा राखेको जनाएको हो।
छनोट भएका कृतिहरूमा 'अग्नि'- डा. नवराज लम्साल, 'ग्रीष्मको नीलो बतास'- डा. दामोदर पुडासैनी ‘किशोर’, 'महाभारा'- बसन्त बस्नेत, 'यादको सन्दुक'- दिपा मेवाहाङ राई, 'लिच्छवि लिपि'- डा. नयनाथ पौडेल, 'व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश'- प्रा. नीलमणि ढुङ्गाना, 'सती: इतिहास र मीमांसा'- सुजित मैनाली, 'हिति प्रणाली'- पद्मसुन्दर जोशी रहेका छन्।
यी मध्ये एक कृतिलाई २०७८ को मदन पुरस्कार प्रदान गरिनेछ।
२३ साउन, २०७९, १२:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।