यौनका कुरा गर्दै फसाउँदै : ‘हनीट्रयापर’को फन्दामा ७० वर्षको वृद्धदेखि भर्खर विवाह गरेका युवकसम्म

यौनका कुरा गर्दै फसाउँदै : ‘हनीट्रयापर’को फन्दामा ७० वर्षको वृद्धदेखि भर्खर विवाह गरेका युवकसम्म

काठमाडौँ :  ७० वर्ष उमेर। काठमाडौँ एक  अस्पतालमा राम्रै जागिर। श्रीमती बितेको १० वर्ष भइसकेको थियो। सामाजिक सञ्जालमा पनि थिए उनी। बढिसजो फेसबुकमा झुम्मिइरहन्थे उनी।

असार अन्तिमतिर ढकाल थर भएकी एक युवतीको फ्रेण्ड रिक्वेस्ट आयो उनलाई। प्रोफाइलमा गएर हेरे। युवतीको राम्रा तस्बिरहरू थिए। उनले फ्रेण्ड रिक्वेस्ट स्वीकार गरिहाले। उनले रिक्वेस्ट स्वीकार गरे लगत्तै मेसेन्जरमा मेसेज आइहाल्यो। दुवैको कुराकानी सुरु भइहाल्यो।

श्रीमती बितेको १० वर्ष भइसेकेको थियो। उनी ती युवतीसँग मेसेन्जरमा खुल्दै गए। युवतीले आफू अस्ट्रेलियामा भएको बताइन्। उनले अझ सुरक्षित महसुस गरे। कुराकानीकैक्रममा उनीहरूबिच यौन सम्बन्धबारे पनि कुराकानी हुन थाल्यो। वृद्ध खुल्दै गए। उनले लेखे' श्रीमती बितेको १० वर्ष भयो। मैले यौन सम्बन्धै राख्न पाएको छैन।'

युवतीले सहज रूपमै लिइन् उनको कुरा। कुराकानीकैक्रममा उनले आफू नेपाल फर्कन लागेको र फर्कँदा आइफोन प्रो म्याक्स १३ ल्याइदिने बताइन्। अनि त्यसका लागी ७० हजार पठाइदिन आग्रह पनि गरिन्। आफू नेपाल आएपछि सम्बन्ध पनि राख्ने भनिन्।

उनले युवतीको कुरा पत्याइहाले। उनीसँग पैसा नभएको त हैन। काठमाडौँमा चलेकै एक निजी अस्पतालको लेखापाल थिए उनी। तै पनि ७० हजार दिन मनले मानेन उनको। उनले ७० हजार छैन, ५० हजारले हुने भए पठाउँछु भने।

ती युवतीले नेपाल फर्कँदा एयरपोर्टमा लिन आउन आग्रह गरिन्। पैसा लिन भने बहिनीलाई अस्पताल छेउ पठाइदिने बताइन्।

रोजिना राउत नाम बताउने एक युवती उनी काम गर्ने अस्पताल छे गएर उनीसँग ५० हजार नगद लिएर हिँडिन्। उता ढकालथरकी युवतीसँग फेसबुक मेसेन्जरमा उनको कुराकानी जारी नै थियो।

वृद्धले कुरैकुरामा 'तिमीसँग रिलेसन भएको मेरो परिवारले थाहा पाए भने त अप्ठ्यारो हुन्छ' भनेका थिए। जवाफमा ती युवतीले परिवारले थाहा पाउँदैनन् भनेर विश्वास दिलाइरहिन्। उनी पत्याइरहे।

केही दिनमा ती ढकालथरकी युवतीले उनलाई' बुबा दुर्घटनामा परि सिकिस्त बिरामी हुनुहुन्छ' भन्दै तीन लाख रुपैयाँ भए सहयोग गर्न आग्रह गरिन्। उनले लेखिन्' उपचार गर्दा-गर्दा म त पागलै हुन लागेँ।'

उनले ३ लाखलाई फेरि ५० हजारमा झारे। युवतीले त्यति भए पनि हुन्छ भन्दै बहिनी पठाउने बताइन्। उसै गरी ढकालकी बहिनी अस्पताल छेउ आइन्। उनले ५० हजार नगद दिएर पठाए।

अनि सुरु भयो धम्क्याउन

दुबैबिच च्याटमा यौन सम्बन्धी कुराकानी चलिरहेकै थियो। च्याटको कुराकानी भोइसमा पुगिसकेको थियो। एक दिन एकाएक ती वृद्धको मेसेन्जरमा एउटा भोइस आयो। त्यो भोइस् उनी र ती युवतीबिच भएको यौन सम्बन्ध सम्बन्धी कुराकानीको थियो।

अनि च्याटमा भएका कुराकानीको स्क्रिनसटहरु पनि आयो। तल मेसेजमा लेखिएको थियो' मलाई तीन लाख नदिए यी सबै साइबर ब्युरोमा पठाएर उजुरी हाल्छु।'

कार्यालयको तथ्याङ्क अनुसार २०७७ देखि हालसम्म १४ जना पक्राउ परिसकेका छन्। २०७७ मा २ पुरुषलाई २ जना महिला र एक पुरुष मिलेर फसाएको उजुरी परेको थियो। २०७८ मा 'हनी ट्यापीङ' को एउटा पनि उजुरी आएन। २०७९ साल असारबाट भने उजुरी बढ्न थाल्यो।

बल्ल उनले आफू फन्दामा परेको चाल पाए। तर सबै कुरा बिग्रिसकेको थियो। वृद्धावस्थामा युवतीसँगको सम्बन्धमा फसेको परिवारका सदस्यले चाल पाए बेइज्जत हुने डर त भयो नै सँगै अब त प्रहरीमै केस पर्ने धम्की आयो। उनले उजुरी नदिनु आधा घण्टामा पैसा दिन्छु भनेर फकाउने प्रयास गरे। युवतीले पैसा नदिए पाँच वर्ष जेल बस्नुपर्ने भनेर थप धम्क्याइन्।

युवतीले केही समयमै उनी काम गर्ने अस्पताल अगाडि पठाइन्। उनी अस्पतालबाट निस्किए ती युवक भेट्न। युवकले आफू साइबर ब्युरोमा गएर इन्स्पेक्टरसँग कुरा गरेर आएको भन्दै ३ लाख रुपैयाँ नदिए ब्युरोले पक्राउ गर्छ भनेर तर्साए।

ती वृद्धले आफूसँग ६५ हजार मात्रै भएको बताए। युवकले त्यति रकम भए पनि दिनु भने। उनले केस नमिलाए प्रहरी आउने भन्दै तर्साइरहे। उनले ६५ हजार दिएर पठाए। तर धम्क्याउने क्रम रोकिएन। ढकाल थरकी युवतीले पटक-पटक मेसेज गरेर थप पैसामा नदिए फसाइदिने भन्दै धम्काइरहिन्।

अति भएपछि ती वृद्ध मिनभवनमा रहेको उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयमा गएर आफ्नो सबै कुरा सुनाए। प्रहरीले उजुरी दिनुस् हामी अनुसन्धान गर्छौ भनेपछि उनले साउन १२ गते उजुरी दिए। भोलिपल्ट ती वृद्धले ३ लाख रुपैयाँ दिने भनी ती युवतीलाई पैसा लिने व्यक्तिलाई बानेश्वर पठाउन भने।

पैसा लिन एक युवती र युवक आए। प्रहरीले उनीहरूलाई पक्राउ गरेर कार्यालयमा लग्यो। ती थिए शेखर बास्तोला र रोजिना राउत।

अपराध महाशाखाका प्रवक्ता कृष्ण कोइरालाका अनुसार पक्राउ परका दुबैजनाले पैसाको लागि फसाइदिएको बताएका छन्। 

‘हामीले प्रारम्भिक सोधपुछ गर्दा पिडकहरूले पैसाको लागि त्यस्तो गरेको बताएका छन्,’ उनले भने, ‘यौनप्रति आशत्तहरु खोजेर यस्ताले फसाउने गरेको देखिन्छ।'

अहिलेसम्म १४ जना पक्राउ

पछिल्लो समय यौन अपराधप्रति समाज र प्रहरी निकाय दुवै संवेदनशील देखिएका छन्। एकपछि अर्को गर्दै सामाजिक सञ्जालबाट सार्वजनिक भएका घटनालाई लिएर समेत प्रहरी अनुसन्धानमा खटिन थालेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा एसपी कोइराला अहिलेसम्मको अनुसन्धानमा हनीट्रयापीङमा सङ्गठित गिरोह नै नदेखिए पनि प्रायको शैली भने उस्तै देखिएको छ। भिन्न-भिन्न समूह पक्राउ परेका छन्। उनीहरूबिच सम्बन्ध देखिँदैन। तर शैली भने एकै भएको उनले उकेरालाई बताए।

यही मौका पारेर आपराधिक सोच भएकाहरूले यही गम्भीर अपराधलाई धम्क्याएर पैसा असुल्ने माध्यम बनाइरहेका छन्। त्यस्तै घटनाको एक उदाहरण हो माथिको घटना। उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले यसलाई' हनी ट्रयापिङ' भन्ने गरेको छ।

कार्यालयको तथ्याङ्क अनुसार २०७७ देखि हालसम्म १४ जना पक्राउ परिसकेका छन्। २०७७ मा २ पुरुषलाई २ जना महिला र एक पुरुष मिलेर फसाएको उजुरी परेको थियो। २०७८ मा 'हनी ट्यापीङ' को एउटा पनि उजुरी आएन। २०७९ साल असारबाट भने उजुरी बढ्न थाल्यो।

असार २ गते २ जना पुरुषले यस्तै उजुरी गरेका थिए। उनीहरूले दुई जना महिला र दुई जना पुरुष मिलेर आफूलाई फसाएको दाबी गरेका थिए। साउन २ गते यस्तै २ जना पुरुष प्रहरी कार्यालयमा आए। उनीहरूको जाहेरीका आधारमा दुई  जना पुरुष र एक जना महिला पक्राउ परे। साउन १३ मा थप दुई जना पक्राउ परे।

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार अहिलेसम्म हनी ट्रयापिङबाट ६ जना पीडित भएको र १२ जना अभियुक्त २ जना आरोपी पक्राउ परेको देखिन्छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा एसपी कोइराला अहिलेसम्मको अनुसन्धानमा हनीट्रयापीङमा सङ्गठित गिरोह नै नदेखिए पनि प्रायको शैली भने उस्तै देखिएको छ। भिन्न-भिन्न समूह पक्राउ परेका छन्। उनीहरूबिच सम्बन्ध देखिँदैन। तर शैली भने एकै भएको उनले उकेरालाई बताए।

‘अधिकांशले सामाजिक सञ्जाल फेसबुक नै प्रयोग गरेको देखिन्छ। फेसबुक म्यासेन्जरमार्फत नै यौन सम्बन्धी कुराकानी गर्ने, कतिले त गेस्ट हाउससम्म लैजाने र बलात्कारको मुद्दा लगाइदिन्छु भनेर तर्साएर  पैसा माग्ने गरेको देखिन्छ' एसपी कोइरालाले भने।

केही समय अघिको अर्को घटना हेरौँ।

२०७९ असार २ मा एक किशोरी  समेत गरी ६ जना यस्तै आरोपमा पक्राउ परे। काठमाडौँको चाबहिल बस्ने युवक आफू पनि त्यो समूहको सिकार भएको भन्दै कार्यालयमा उजुरी दिएका थिए।

विवाह भइसकेका ती युवकलाई फेसबुकमा उसै गरी एक किशोरीको फ्रेण्ड रिक्वेस्ट आयो। ती किशोरी यति छिटो नजिकिइन् की कुराकानी भएको एक हप्तामै भेट्ने बोलाइन्। युवक पनि मक्खै परे। उनीहरू चाबहिलमा भेट्ने भए। युवतीले एकान्तमा कुराकानी गर्न मन भएको अनि हल्का टाउको पनि दुखेको भन्दै 'गेस्ट हाउसमा रुम छ त्यही बसौँ' भनिन्। युवकले कुनै नाइँनास्ती गरेनन्।

‘कोठामा दुई वटा बेड रहेछ। उनी र म अलग-अलग बेडमा बस्यौ। सामान्य कुराकानी हुँदै थियो। एक्कासि उनी म भएको बेडमा आइन् र शरीर छुन लगाइन्,' जाहेरीमा लेखिएको थियो'मैले टाउको दुखेको छ भनेर उनको टाउको मालिस गरिदिए। एक छिनपछि ती युवती मलाई बलात्कार गर्न खोजेको भन्दै रुन, कराउन थालिन्।’

ती युवतीले 'मलाई किन यस्तो ठाउँमा बोलाएको, तँलाई बलात्कारको केसमा फसाइदिन्छु' भनेर आफन्तलाई फोन गरिन्। एक छिनमा ती किशोरीको दाइ भन्दै फोन आयो। उनले धम्काउन थाले। उनीहरू गेस्ट हाउसबाट निस्किए। ती

युवकलाई निरन्तर फोन आउन छाडेन। त्यति मात्र होइन ६ जनाको समूहले उनलाई २० लाख नदिए बलात्कारको मुद्दामा फसाइदिने भन्दै तर्साए। त्यसपछि युवकले उनीहरूको खातामा ५० हजार हालिदिए। तर प्रहरीकोमा गएनन्।

प्रहरीले अर्कै केसमा उनीहरूलाई पक्राउ गरेको जानकारी पाएपछि उनी प्रहरी कार्यालयमा आएर जाहेरी दिएका थिए। प्रवक्ता  कोइरालाका अनुसार १८ वर्षे युवतीलाई प्रयोग गरेर उनीहरूले केही व्यक्तिलाई ठगेको देखिएको थियो। यसरी ठगेको आरोपमा प्रहरीले भक्तपुरकी १९ वर्षीय निकिता केसी,  काभ्रेपलान्चोककी १८ वर्षीय युवती, खोटाङका ३२ वर्षीय डिकबहादुर शर्मा, सुनसरीका ३० वर्षीय सञ्जीव दर्जी, दोलखाका २५ वर्षीय निमा लामा र ३० वर्षीय पासाङ लामालाई पक्राउ गरेको थियो।

यौनका कुरा गर्दै फसाउँदै

अपराध महाशाखाका प्रवक्ता कोइरालाका अनुसार यस्तो धन्दा गर्नेहरूले फेसबुकमा युवतीका राम्रा फोटा राखेर फ्रेन्ड रिक्वेस्ट पठाउने अनि कुराकानी गरे। कुराकानी गर्दै जाँदा यौनबारे बिस्तारै कुरा अगाडि बढाउने गर्छन्। दुबैबिच खुलेर कुराकानी हुन थालेपछि होटेल तथा रेस्टुरेन्टमा भेट्न बोलाउने, अन्तरङ्ग क्रियाकलाप गरेर झुक्क्याएर भिडियो खिच्ने अनि पछि त्यसैलाई देखाएर धम्क्याउँदै पैसा असुल्ने गरेको देखिएको उनले बताए।

'यौनका कुरा गरेर त्यो रेकर्ड गर्ने अनि भिडियो परिवारलाई पठाई दिन्छु, प्रहरीमा उजुरी दिन्छु भनेर धम्क्याएर पैसा दिन बाध्य गराउन मोलमोलाइ गरी पैसा असुल्ने गरेको देखिन्छ,' एसपी कोइरालाले भने' यौनका कुराकानी र भिडियो आधारमा फसाई दिने भन्दै पुरुषहरूलाई डर धम्की देखाई मोलमोलाइ गरेर गरी ठुलो रकम बारम्बार माग गर्ने समेत देखिन्छ।'

प्रहरीले हनिट्रयापिङको आरोपमा जे जतिलाई पक्राउ गरेको छ ती अधिकांश अदालतबाट धरौटीमा छुटेका छन्। तीन वर्षभन्दा कम सजाय हुने अभियोगमा धरौटी निस्कने भएकाले सामाजिक सञ्जालबाट यौन आशक्तहरूलाई फसाएर पैसा असुल्ने अधिकांश अहिले धरौटीमा बाहिर आइसकेका छन्।

एसपी कोइरालाका अनुसार केहीले आफन्त नै प्रहरी हो भनेर समेत धम्क्याउने गरेका छन्। आफ्नो आफन्त साइबर ब्युरोको प्रहरी अधिकृत वा अन्य कुनै प्रहरी कार्यालयमा भएको भन्दै मानसिक तनाव दिएको देखिएको उनले बताए।  

‘युवतीसँग कुरा गर्दा के नै होला र भन्नेहरू बढी फसेको देखियो,' एसपी कोइरालाले भने' फेसबुक लगायतका सामाजिक सञ्जालमा रिक्वेस्ट आए लगत्तै एसेप्ट गर्ने, अपरिचितसँग अन्तरङ्ग कुराकानी गर्ने अनि भेट्न बोलाउँदा गइहाल्ने गर्दा धेरै पीडित भएको देखियो। यस्तोमा पत्याइहाल्नु भएन। अपरिचित कसैले अन्तरङ्ग कुरा गर्न थाले अनि पैसा माग्ने, भेट्न बोलाउने गरे शङ्का गर्नुपर्यो।'

पक्राउ परेका अधिकांश धरौटीमा छुट्छन्

प्रहरीले हनिट्रयापिङको आरोपमा जे जतिलाई पक्राउ गरेको छ ती अधिकांश अदालतबाट धरौटीमा छुटेका छन्। तीन वर्षभन्दा कम सजाय हुने अभियोगमा धरौटी निस्कने भएकाले सामाजिक सञ्जालबाट यौन आशक्तहरूलाई फसाएर पैसा असुल्ने अधिकांश अहिले धरौटीमा बाहिर आइसकेका छन्।

त्यसैले यस्ता गिरोहबाट जोगिन चाहनेहरूले अपरिचितसँग सामाजिक सञ्जालमा कुराकानी नगर्ने गर्नु नै उत्तम हुने प्रहरीको सुझाव छ।

२० साउन, २०७९, १७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।