गंगालालको बोर्ड बैठक राखेर अवकाश अवधि पाँच वर्ष बढाउन प्रधानमन्त्री कार्यालयको दबाब

गंगालालको बोर्ड बैठक राखेर अवकाश अवधि पाँच वर्ष बढाउन प्रधानमन्त्री कार्यालयको दबाब

काठमाडौँ : प्रधानमन्त्री कार्यालयले सहिद गङ्गालाल ह्दयरोग केन्द्रका २ विशेषज्ञको स्वार्थमा अवकाशको समय बढाउन दबाब बढाएका छन्। ६० वर्षको अवकाशको समय निकट आएपछि अस्पतालका २ चिकित्सकको स्वार्थमा अस्पतालको बोर्ड बैठकमार्फत अवकाशको अवधि पाँच वर्ष बढाउन प्रधानमन्त्री कार्यालयबाटै दबाब बढाइएको हो।

सोही प्रयोजनका लागि आज अस्पतालको बोर्ड बैठक डाँकिएको छ। जानकारस्रोतका अनुसार आजै बस्ने बोर्ड बैठकबाट यस्तो निर्णय गराउने तयारी छ। अवकाशको समय पाँच वर्ष बढाउन प्रधानमन्त्री पत्नी आरजु राणाले बढी चासो राखिरहेको अस्पताल स्रोतले बतायो। अवकाशको अवधि बढाउन अस्पतालका २ चिकित्सक   डा रबी मल्ल र डा अरुण मास्के सक्रिय रहेको जानकार स्रोतले बतायो।  

मल्लले आरजु देउवासँगको सम्बन्ध उपयोग गरेर अवकाशको अवधि ६५ वर्ष बनाउन स्वास्थ्यमन्त्रीलाई दबाब बढाएका हुन्। स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ समेत यसमा सकारात्मक देखिएका छन्।

'सके बोर्डबाट अवकाशको उमेर बढाएर ६५ पूर्याउने, त्यो नसके ६० वर्ष उमेर पुग्नेहरूको हकमा स्वैच्छिक अवकाशको प्रावधानमा यसरी अवकाशमा जान चाहनेहरूलाई तीन वर्ष बराबरको सेवा-सुविधा एकमुष्ट दिने प्रस्ताव पारित गराउने प्रयास भइरहेको छ,' स्रोतले भन्यो।

स्वैच्छिक अवकाशमा जानेहरूलाई दिने सुविधाका लागि आर्थिक स्रोत जुटाउन अस्पताल आउने सेवाग्रहीहरुको सेवा शुल्क बढाउने तयारी समेत भइरहेको छ।

'मुख्य त अवकाशको उमेर ६५ वर्ष पुर्याउन  चिकित्सकले दबाब बढाइरहेका छन्। त्यसका लागि प्रधानमन्त्री कार्यालयबाटै बोर्डमा रहेकाहरूलाई दबाब आइरहेको छ,' जानकार स्रोतले भन्यो' यसमा विशेष मल्ल सर सक्रिय देखिएका छन्।'

स्रोतका अनुसार स्वैच्छिक अवकाशमा जानेहरूलाई दिने सुविधाका लागि आर्थिक स्रोत जुटाउन अस्पताल आउने सेवाग्रहीहरुको सेवा शुल्क बढाउने तयारी समेत भइरहेको छ।

सिनियर कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा मास्केले आफुले त्यस्तो कुनै दबाब नबढाएको बताए। उनले उकेरासँग कुरा गर्दै भने' म अवकासको समय बढाउन कतै गएको पनि छैन। म राजनीतिक ब्यक्ती पनि हैन। मेरो डेढ वर्ष अझैँ बाँकी छ।'

प्रधानमन्त्री देउवाको विशेष पहलमा शैक्षिक योग्यता नै नमिले पनि नेपाली कांग्रेसकी नेतृ डिला सङ्ग्रौलाका श्रीमान् डा सूर्य सङ्ग्रौलालाई बिपी कोइराला क्यान्सर अस्पतालको रजिस्ट्रारमा नियुक्त गरेको थियो। 

२० साउन, २०७९, १४:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।