नागको स्याहार गरेर मनाइयो नाग पञ्चमी [फोटो-कथा]

नागको स्याहार गरेर मनाइयो नाग पञ्चमी [फोटो-कथा]

काठमाडौं: आज श्रावण शुक्ल पञ्चमी। अर्थात्- नाग पञ्चमी।

आजको दिन देशभरका नागपोखरीमा नागको पूजा गरेर यस पर्व मनाउने गरिन्छ। यस्तै घर-घरको मूलढोकामा नागदेवताको चित्र टाँसेर पूजा गरिन्छ।

भक्तपुरको नाग पोखरीमा पनि आज नाग पञ्चमी मनाइयो। स्थानीयहरू नागको स्तम्भलाई दूधले नुहाउँदै थिए। कसै-कसैले भने नागको स्तम्भमा लागेको फोहोर सफा गरिदिएर स्याहार गर्दै थिए।

यस्तै नागलाई सर्पको राजा पनि मानिन्छ। र नाग रिसाएमा वर्षा रोकिने, खडेरी हुने भएकाले पनि नागलाई खुशी पार्न पूजा गर्ने चलन सुरु भएको विश्वास गरिन्छ।

आजको दिन टौदहमा विशेष पूजा हुन्छ।

१७ साउन, २०७९, १३:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।