चोथौँ डिशहोम बाह्रखरी कथा लेखन प्रतियोगिताको घोषणा

चोथौँ डिशहोम बाह्रखरी कथा लेखन प्रतियोगिताको घोषणा

काठमाडौँ :  बाह्रखरी मिडियाले बाह्रखरी कथा प्रतियोगिताको चौथो शृङ्खला घोषणा भएको छ। तीन वर्षदेखि १२ खरी बुक्सले खुला कथा प्रतियोगिता आयोजना गर्दै आएको छ।

कथा प्रतियोगिताको सर्तअनुरूप प्राप्त भएका कथामध्येबाट बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले ५० कथा चुनेर निर्णायक मण्डललाई उपलब्ध गराउने र ती कथामध्येबाट निर्णायक समूहले ‘उत्कृष्ट कथा २०७९’ पुस्तकका लागि २५ वटा छान्ने र त्यसमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा हुने आयोजकले जानकारी दिएको छ।

डिशहोम प्रमुख प्रायोजक रहेको प्रतियोगिताको नाम ‘डिशहोम बाह्रखरी कथा’ राखिएको छ। कथा प्रतियोगितामा नेपाल इन्भेस्टमेन्ट बैङ्क र किया मोटर्सले प्रायोजक गरेको र अजोड इन्स्योरेन्स र सिटी एक्सप्रेस मनि ट्रान्सफर सह प्रायोजक रहेको आइतबार आयोजित कार्यक्रममा जानकारी दिइयो।  

आयोजकका अनुसार चौथौँ शृङ्खलाका लागि साहित्यकार तथा समालोचक प्रा.डा. कुमारप्रसाद कोइरालाको संयोजकत्वमा साहित्यकारहरू सगुना शाह र उमा सुवेदी निर्णायक समूह बनाएको छ।

प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र दिँदै आएको छ। अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिने र सङ्ग्रहमा प्रकाशित बाँकी २२ कथाकारलाई पाँच हजार रुपैयाँ सम्मान स्वरूप दिने आयोजकले जानकारी दिएका छन्।

प्रतियोगितामा भाग लिन इच्छुक कथाकारले भदौ १४ गतेभित्र कथा पठाउनुपर्ने आयोजकले जानकारी दिएको छ। कथा प्रतियोगिताको नतिजा २०७९ असोज ३० मा सार्वजनिक हुनेछ।

१५ साउन, २०७९, १८:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।