धिमे, भुस्या र बाँसुरीको धुनसँगै मध्यपुर थिमि परिक्रमा गरेर सुरु भयो गुँला पर्व

धिमे, भुस्या र बाँसुरीको धुनसँगै मध्यपुर थिमि परिक्रमा गरेर सुरु भयो गुँला पर्व

काठमाडौंः लाख्ये ताल बजाउँदै मध्यपुर थिमि पूरै परिक्रमा गरी गुँला पर्व सुरु भएको छ। यस पर्वमा गुनु बाजा निकाल्ने चलन छ।

बाजा निकाल्नुअगाडि नित्यनाथको मन्दिर गएर सहभागीहरूले पूजा गर्छन्।

त्यहाँबाट एउटा टोली धिमे, भुस्या र बाँसुरी बजाएर नित्यनाथ मन्दिरको परिक्रमा गर्छन्।

त्यहाँबाट सिद्धिकाली मन्दिरमा पुगेर सबै बाजा बजाउनेहरू भेला भई मध्यपुरको हरेक मन्दिर घुमेर चपाचोतिर जान्छन्। यो क्रम एक सातासम्म चल्छ।

यस पर्व जीवनलाई राम्रो मार्गमा डोहोर्याउन नियम पालना गरेर मनाइने गरिन्छ। मध्यपुरसहित काठमाडौंमा पनि यो पर्व मनाइन्छ।

नेवार समुदायले श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदा (एक महिना)सम्म तोकिएको नियम पालना गरेर यो पर्व मनाउँछन्।

नेपाल संवत्अनुसार १०औं महिनालाई गुँला भनिन्छ।

१३ साउन, २०७९, १३:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।