लुम्बिनी प्रदेशमा विषयगत समिति टुङ्गिन डेढ वर्ष लाग्यो, लेखा समितिको नेतृत्वमा एमाले

लुम्बिनी प्रदेशमा विषयगत समिति टुङ्गिन डेढ वर्ष लाग्यो, लेखा समितिको नेतृत्वमा एमाले

बुटवल : लुम्बिनी प्रदेशमा रहेका विषयगत समितिले डेढ वर्ष पछि पूर्णता पाएको छ। राजनीतिक दाउपेचका कारण रिक्त रहेको विषयगत समिति डेढ वर्षपछि पूर्णता पाएको हो। प्रदेशमा ४ समिति रिक्त थिए। त्यस मध्ये ४ समितिमा एमालेले नेतृत्व लिएको छ भने एकमा जनमोर्चाले नेतृत्व लिएको छन्।

प्रदेशको महत्त्वपूर्ण मानिने सार्वजनिक लेखा समिति एमालेले पाएको छ। सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका विष्णु पन्थी निर्वाचित भए। उनको एकल उम्मेदवारी परेको थियो। सो  समितिको सदस्यहरूमा भोजप्रसाद श्रेष्ठ, विमला पन्थी, धनकली चौधरी, रामजी घिमिरे, रेवतीरमण शर्मा, बैजनाथ कलवार, रमा अर्याल, पार्वती पुन गहतराज, गीता थापा छन्।

अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा सभापति तारा जिसी, कृषि, वन तथा वातावरण समितिको सभापतिमा जाल्पा भुसाल र सामाजिक विकास समितिमा बाबुराम गौतम निर्विरोध निर्वाचित भएको प्रदेशसभाका सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए।

सभामुख पूर्ण घर्ती मगरले निर्वाचनको मिति घोषणा गर्दै बुधवार उम्मेदवार मनोनयनको समय तोकिएको थियो। बिहीबार सभामुख घर्तीले विषयगत समितिका पदाधिकारीहरू निर्वाचित भएको घोषणा गरे। यसअघि सरकार र विषयगत समितिमा सहभागी नभएको राष्ट्रिय जनमोर्चाले यो पटक अर्थ, उद्योग तथा पर्यटन समितिको सभापति पाएको छ।

समितिका सदस्यहरूमा थानकुमारी थापा चापागाईँ, भगवती देवी भण्डारी, दीपेन्द्रकुमार अधिकारी, तुल्सी चौधरी, लीला गिरी, युवराज खनाल, भुवनेश्वर चौधरी, निर्मला क्षेत्री, याकुव अन्सारी, कृष्णा केसी, तुलाराम घर्ती मगर, निर्मला मुडवरी भट्टराई रहेका छन्।

त्यस्तै कृषि वन तथा वातावरण समितिमा आरती पौडेल, कमलराज श्रेष्ठ, कविराम थारु चेतनारायण आचार्य, कुलप्रसाद पोखरेल अष्ट भुजा पाठक, रुन्दावती शर्मा, दीपेन्द्र कुमार पुन मगर, लौटी थारु सदस्य छन्। त्यस्तै सामाजिक विकास समितिमा कमलादेवी बिक, चिन्तावती कुर्मी, अर्जुनकुमार केसी, पुरनमान बज्राचार्य, हरिप्रसाद रिजाल, बिरेन्द्रकुमार कनौडिया, पुष्पा थरुनी, तेजबहादुर ओली, दिपा बिक सदस्य छन्।

प्रदेश मामिला तथा कानुन समितिको सभापतिमा माओवादी केन्द्रका दामाकुमारी शर्मा, भौतिक पूर्वाधार विकास समितिमा एमालेका आशा स्वर्णकार र विशेष समितिमा पनि एमालेका कमलराज श्रेष्ठ सभापति छन्।

प्रदेशसभामा रहेका ७ विषयगत संसदीय समितिमध्ये एमालेले ५, माओवादी र राष्ट्रिय जनमोर्चाले १–१ वटा विषयगत समितिको नेतृत्व पाएका छन्।

१२ साउन, २०७९, १५:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।